गुल्मीमा परिक्षा दिने विद्यार्थी संख्या घटे

0 758

गुल्मी जिल्लाबाट माध्यमिक शिक्षा (एसईई) परिक्षा दिने विद्यार्थी संख्या घटेको छ । यश वर्षको माध्यमिक शिक्षा (एसईई) परिक्षामा जिल्लाबाट ४ हजार ९७ जना विद्यार्थी सहभागि हुने भएका छन् ।
अघिल्लो वर्ष ४ हजार ७२२ जना विद्यार्थी एसईई परिक्षामा सहभागि भएका थिए । त्यसमध्ये ६२५ जना विद्यार्थी कम भएका छन् ।
जिल्लामा विद्यार्थी संख्या घटनुमा बसाइँसराइ र जन्मान्तरका कारण रहेको अनुमान गरिएको शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीका प्रमुख लोकनाथ मरासिनीले बताए । पछिल्लो तीन वर्षमा विद्यार्थी संख्य केहि मात्रमा घट्दै आएपनि धेरै संख्यामा यशवर्ष घटेको पाइएको छ ।
यहि आउँदो चैत १५ गतेबाट सुरु हुने परिक्षामा जिल्लाबाट नियमित साधारण तर्फ ३ हजार ७ सय ९० जना नियमित प्राविधिक तर्फ २ सय ९५ जना विद्यार्थी सहभागी हुने भएका छन् । ग्रेड वृद्धितर्फ १२ जना विद्यार्थी सहभागी हुने भएका छन् । जिल्लामा २८ वटा केन्द्रमा परिक्षा सञ्चालन हुँदैछ ।
परिक्षाका लागि सबै तयारी पुरा भएको शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीले पत्रकार सम्मेलन गरेर जनाएको छ । परिक्षालाई व्यवस्थित रुपमा सञ्चालन गर्न सबै केन्द्र प्रश्नपत्र उत्तर पुस्तिका पुगेसकेको छ ।
जिल्लाबाट यशवर्ष दृष्टि बिहिन १ जना फरक क्षमता भएका १ जना विद्यार्थी सहभागि हुने भएका छन् । विद्यार्थी संख्य कमि भएपछि केहि विद्यालयमा रहेका परिक्षा केन्द्रहरु पनि गाभिएका छन् ।
जिल्लाको रुरुक्षेत्रमा रहेको एउटा परिक्षा गाभिएको छ भने रेसुङ्गा नगरमा रहेको एउटा परिक्षा केन्द्र हठाइएको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।