गुल्मीमा पहिलो पटक विद्युतिय गाडी सञ्चालनमा

0 253

तिलाचन पाण्डे चैत २२,  गुल्मीमा पहिलो पटक विद्युतिय गाडी सञ्चालनमा आएको छ । मैत्री यातयात प्रालि तम्घास गुल्मी मार्फत जिल्लामा पहिलो पटक १० वटा विद्युतिय गाडी सञ्चालनमा आएका हुन् ।
बढदो पेट्रोलियम पदार्थको मूल्य बृद्धिसँगै भाडादर बढने समस्याको अत्य विद्युतिय गाडीले गर्ने अपेक्षा नागरिकको रहेको छ ।
विद्युतीय गाडीको बिहीबार एक कार्यक्रमकाबिच जिल्ला समन्वय समिति गुल्मीका प्रमुख दोर्णबहादुर खत्रीले सेवा शुभारम्भ गरेका हुन् ।
खत्रीले वातावरण मैत्री गाडी सञ्चालनमा ल्याएकोमा नागरिकलाई सहि तरिकाले सेवाप्रादन गर्न आग्रह गरे । विद्युतिय गाडी भित्रिएसँगै यात्रुलाई पनि भाडादरमा राहत हुने भएकाले स्तरीय सेवा प्रदान गर्नुपर्नेमा खत्रीले जोड दिए ।

गुल्मी जिल्लाको ग्रामीण बस्ती सिमलटारीबाट पाल्पा, बुटवलसम्मका लागि छुट्ने गरि गाडी सञ्चालनमा आएको मैत्री यातायात्र प्रालिका अध्यक्ष शंकरप्रसाद गौतमले जानकारी दिए । मैत्री यातायात प्रालिले बिगत एक महिनादेखि विद्युतिय गाडीलाई परिक्षणको रुपमा सञ्चालन गरेर बिहीबारबाट औपचारिक रुपमा सञ्चालनमा आएको जनाएको हो ।
विद्युतीय गाडीमा १४ सिट क्षमता रहेको छ । तम्घासदेखि बुटवल सम्मको भाडा प्रतिव्यक्ति ५६५ कायम गरिएको गौतमले बताए ।
विद्याुतिय गाडीमा कायम गरिएको भाडादर डिजेल गाडीको तुलनामा २५ प्रतिशतसम्म सहुलियत रहेको मैत्री यातायात प्रालिले जनाएको छ । विद्युतीय गाडीको लागि मैत्री यातायात प्रालिले गुल्मीको तम्घास, रिडीमा चार्ज गर्ने स्टेसन निर्माण गरिएको छ ।
यातयातले सिमलटारी देखि भारतको सुनौली बोर्डरसम्मको रुट प्रमिट पाएको छ । विद्युतिय गाडीमा सीसी टिभी, क्यामेरा, वाइफाइ, जीपीएस समेत जडान गरिएको छ ।

 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।