जनउत्थान लघुवित्तको १४ औं वार्षिकोत्सव : रेसुङ्गामा कुर्ची वितरण

0 276

सुवास वि.सी
२८ चैत्र,गुल्मी ।
जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लि.को १४औं वार्षिकोत्सव अवसरमा रेसुङ्गामा कुर्ची वितरण गरिएको छ । नेपालको धार्मीक,पर्यटकिय तथा ऐतिहासिक क्षेत्र रेसुङ्गा धाममा कुर्ची वितरण गरिएको रेसुङ्गा शाखाका प्रमुख ईश्वरी गौतमले बताउनुभयो ।
मंगलबार एक कार्यक्रमका बिच ८ थान प्लास्टिक कुर्ची रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेश चन्द्र भुषाललाई हस्तान्तरण गरिएको थियो ।कार्यक्रममा बोल्दै भुषालले, यस वित्तिय संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगर्त गदै आएको कार्यक्रमहरुले हामी सबैको मन जित्न सफल भएको र सदस्यहरुमा सकरात्मक संदेश जाने बताउनु भयो ।

बुटवल कालिकानगरमा केन्द्रीय कार्यालय रहेरको संस्थाले १९ जिल्लामा कार्यक्षेत्र बनाई,३९ वटा शाखाबाट ४५,०६४ सदस्यलाई वित्तिय सेवा दिदै आएको छ । ३९ वटा शाखा मध्ये सबै भन्दा कान्छो शाखा रेसुङ्गा शाखा रहेको प्रमुख गौतमले बताउनु भयो ।
२०७५ फागुन २१ गते स्थापन भएको शाखाले वित्तिय सेवा मात्र नभई सदस्यहरुलाई वित्तिय साक्षरता अभिवृद्धि कार्याक्रम,व्यवसायिक च्याउ खेती तालिम,व्यवसायिक कुखुरा पालन तालिम,फरक क्षमता भएका विद्यार्थीलाई विद्युतीय चुलो भाडा,खेलकुद तथा शैक्षिक सामाग्रीहरु वितरण गर्दै आएको गौतमले बताउनु भयो । यस शाखामा ७५ केन्दबाट ८ सय सदस्यले वित्तिय सेवा लिएका छन् ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।