गुल्मीमा तीन हजार ८५ जनामा औलो जाँच गरियो

0 71

सूर्य सुनार
१३ बैशाख, गुल्मी
गुल्मीमा तीन हजार ८५ जनामा औलो सम्बन्धी स्वास्थ्य चेकजाँच गरिएको छ । यस आर्थिक बर्षमा जिल्लाभर तीन हजार ८५ जनामा स्वास्थ्य चेकजाँच गरिएको जसमा एक जनामा मात्रै औलो पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
जिल्लामा रहेका स्वास्थ्यसंस्थाबाट निःशुल्क रुपमा आरडिटीको माध्यमबाट यसको चेकजाँच गर्न सकिने जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका निमित्त कार्यालय प्रमूख श्रीकृष्ण भट्टराईले जानकारी दिनुभयो । विगतका वर्षदेखि स्वास्थ्य कार्यालयमार्फत जिल्लाका रहेका स्थानीय तहसंग समन्वय गरी औलो सम्बन्धि जनचेतनामूलक कार्यक्रम गर्दै आएको भट्टराईले बताउनुभयो ।
गुल्मीमा औलोको जोखिम कमै देखिएको छ । पछिल्लो समय तराईका जिल्लासंगै पहाडी जिल्लामा समेत औलो फैलिरहेकाले सचेतना अपनाउन स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य निरीक्षक वोम अर्यालले आग्रह गर्नुभयो । उहाँले यातयात र निर्माणका सामाग्रीबाट समेत लामखुट्टे भित्रिने र त्यसको टोकाइबाट औलो फैलिने गरेको बताए । लुम्बिनी प्रदेशमा एक सय ८० आयतित एक जना स्थानीयमा औलो देखा परेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । सरकारले सन् २०२५ सम्ममा देशभर औंलो मुक्त घोषणा गर्ने लक्ष्य लिएको छ ।
गुल्मीमा विश्व औलो दिवसको अवसरमा जिल्लामा औलोको जोखिम, लक्षण र रोकथामका उपायका बारेमा संचारकर्मीसंग अन्तरक्रिया समेत गरिएको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।