गुल्मी सेवा समाज युएईको आयोजनामा रुरु रेसुङ्गा साँस्कृतिक साँझ २ हुर्दै

0 302

प्रतिक खबर व्यूरो,
गुल्मी सेवा समाज युएईले आफ्नो बार्षिक कार्ययोजना अनुसार सास्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । जुन १६ आइतबार दर्जनौं राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहने गुल्मी सेवा समाज युएईका महासचिब जीवनसिंह ठकुरीले जानकारी दिनुभयो ।
गुल्मी सेवा समाज युएई २०११ स्थापनाका दिन देखि नै विभिन्न साँस्कृतिक क्षेत्रको विकासका निम्ती कार्यक्रम गर्दै आएको छ । विभिन्न विपत्तीको समयमा राहत उपलब्ध गराउने दखी विपत्तीको समयमा समाज सगै हातेमालो गरेको महासचिब ठकुरीले बताउनुभयो ।

गुल्मीका बिभिन्न पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरी गुल्मेली कफिको प्रचार समेत कार्यक्रममा गरिने युएई सेवा समाज गुल्मीका प्रवक्ता कमलजंग कार्कीले जानकारी दिनुभएको छ ।
कार्यक्रममा कलाकार कमल खत्री, लोकप्रिय लोकदोहोरी गायिका गुल्मेली चेली बन्दना पाण्डे, डान्सर अस्मिता राना मगर तथा सस्कृतिकका धरोहर आफ्नो कला मार्फत आफ्नो छुट्टै पहिचान बनाउनु भएका युएईलाई कर्म थलो सगै कलाकारितालाई आफ्नो कर्म हो जिम्मेवारी हो भन्ने उदेश्य का साथ युएईका दर्जनौं कलाकारहरुको बेजोड प्रस्तुति रहने गुल्मी सेवा समाज युएईका अध्यक्ष रामप्रसाद श्रेष्ठले बताउनुभयो ।


कार्यक्रममा सम्पूर्ण युएईमा बसोबास गर्नु भएका आम नेपाली दाजुभाइ तथा दिदि बहिनिहरुलाई सहभागिता जनाउन कार्यक्रम संयोजक जीवन कुँवरले आग्रह समेत गर्नुभएको छ ।
साथै युएईका समाजिक तथा क्रियाशिल संघ सस्थाहरुले यस्तो खाले साँस्कृतिक कार्यक्रम नगरी गुल्मी सेवा समाज युएईलाई सहयोग गर्न आग्रह गरेको छ ।

 

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।