गुल्मी सिर्सेनी समाज रुपन्देहीले नयाँ २०८१ को भित्तेपात्रो विमोचन

0 341

सूर्य सुनार

१८ बैशाख गुल्मी
गुल्मी सिर्सेनी समाज रुपन्देहीले नयाँ २०८१ को भित्तेपात्रो विमोचन गरेको छ । मंगलबार प्रधानमन्त्री कार्यालयका जनसम्पर्क विज्ञ बुद्धी जिसीले एक कार्यक्रमका बिच विमोचन गर्नुभएको हो ।
गुल्मीमा जन्मथलो भएर विभिन्न पेशा व्यवसाय तथा अस्थायी एंव स्थायीरुपमा रुपन्देही केन्द्र बनाएर बसेका गुल्मीबासीहरुले गठन गरेको गुल्मी सिर्सेनी समाज रुपन्देहीले मंगलबार बुटवलमा आगामी नयाँ वर्ष–२०८१ को समाजको नामबाट प्रकाशित गरिएको पहिलो भित्तेपात्रो एक कार्यक्रमको आयोजना गरि विमोचन गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डका जनसम्पर्क विज्ञ बुद्धी जिसीले जिल्ला बाहिर वसेका कुनैपनि समाजका सदस्य तथा जिल्लाबासीलाई अप्ठ्यारो पर्दा होस् वा कुनै कार्यक्रम गर्दा होस् त्यहाँ पुगेर सहभागिता जनाउनुपर्ने उल्लेख गर्नुभयो । सिर्सेनीबासीलाई बुटवलमा समस्या पर्दा आफु सधै नजिक हुने प्रतिवद्धता जनाउनुभयो ।

ad

कार्यक्रमको अध्यक्षता भीष्म अर्यालको थियो भने, कार्यक्रममा रुपन्देही उद्योग बाणिज्य संघका अध्यक्ष हरि अर्याल, गुल्मी उद्योग संघका अध्यक्ष नवराज भुसाल लगायत कार्यक्रममा समाजका सदस्यहरुको बाक्लो उपस्थिती रहेको कार्यक्रमको सञ्चालन महेन्द्र अर्यालको थियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।