इस्मा र मुसिकोटका अग्नी पीडितलाई मुसिकोट बडागाउँ रेडक्रसको आर्थिक सहयोग

0 307

सूर्य सुनार
बैशाख २१ गुल्मी

इस्मा र मुसिकोटका अग्नी पीडितलाई नेपाल रेडक्रस सोसाइटी मुसिकोट बडागाउँ उपशाखा गुल्मीले आर्थिक सहयोग गरेको छ । शुक्रबार एक कार्यक्रमका बिच मुसिकोट नगरपालिका उपप्रमुख गंगा श्रेष्ठ र इस्मा गाउँपालिका उपध्याक्ष पार्वती कुँवरलाई सहयोग हस्तान्तरण गरिएको हो ।
इस्मा र मुसिकोटका अग्नी पीडितहरुकोलागी गास, बास, कपास, व्यवस्थापन गर्न पालिकाको विपत्त व्यवस्थापन कोषमा बीस हजार दुई सय बीस रुपैयाको दरले इस्मा र मुसिकोटका अग्नी पीडितलाई आर्थिक सहयोग गरिएको सहसचिब महेन्द्र घिमिरेले जानकारी दिनुभयो ।


प्राकृतिक विपत्तिले निम्त्याएको ठूलो विपत्तिमा सानो सहयोग होस भन्ने उदेश्यले आर्थिक सहयोग गरिएको नेपाल रेडक्रस सोसाइटी मुसिकोट बडागाउँ उपशाखाका सभापति मदन घिमिरेले बताउनुभयो । विपत्तीको समयमा रेडक्रस सधै साथमा छ भन्ने सन्देश प्रवाह भएको सभापति घिमिरेले बताउनुभयो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मुसिकोट बडागाउँ उपशाखा गुल्मीका सभापति मदन घिमिरे, सचिब बोम छन्तेल, सहसचिब महेन्द्र घिमिरे, कोषाध्यक्ष अर्जुन घिमिरे सहकोषाध्यक्ष सुमेन्द्र सिंह ठकुरी र सदस्य महेन्द्र सिंह ठकुरीको सहभागितामा सहयोग हस्तान्तरण गरिएको हो ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।