गुल्मीमा घाँस काट्ने क्रममा लडेर एक महिलाको मृत्यु

0 343

सूर्य सुनार
बैशाख २१ गुल्मी
गुल्मीमा घाँस काट्ने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर २ छापटोला बस्ने ४३ वर्षीय खुमकला थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार, थापा श्रीमान् सँगै घाँस काट्न रेसुङ्गा नगरपालिका वडा नम्बर ३ दहडाँडामा जानुभएको थियो । घाँस काट्ने क्रममा लडेपछि उहाँलाई गुल्मी अस्पताल ल्याइएकोमा अस्पतालले खुमकलालाई मृत घोषणा गरेको थियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।