एमाले गुल्मीद्धारा नेता, कार्यकर्तालाई आगोलागी पीडितको क्षेत्रमा राहत र उद्दारको कार्यमा जुटन निर्देशन

0 146

अनिल खत्री
२१ वैशाख, गुल्मी । नेकपा एमाले गुल्मीले आगोलागीका घटनाहरु बढ्दै गएकाले पार्टीसँग सम्बद्ध मातहत कमिटी, नेता, कार्यकर्ता, जनवर्गीय संगठनलाई सचेतना र सतर्कता सहित निरन्तर राहत र उद्दारको कार्यमा जुटन विशेष अनुरोध गरेको छ । बिहीबार पार्टी अध्यक्ष बालसिंह काउछाद्धारा जारी विज्ञप्ति आगलागी पीडितको आवस निर्माण गर्न संघ, प्रदेश र स्थानीय सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।
जिल्लामा आगलागीका कारण भएको क्षती र विस्थापित परिवारलाई थप राहत र अवासको निम्ती तत्काल व्यवस्था गर्न आग्रह गरेको छ । आगजनी नियन्त्रणका लागि स्थानीय जनसमुदाय, सुरक्षा निकाय, जिल्ला प्रशासन, स्थानीय सरकार, संघसँस्था लगायत सबै क्षेत्रबाट भइरहेको प्रयासप्रति सम्मान प्रकट गरेको छ ।
पीडित परिवारहरुको राहत र उद्धारका निम्ति निरन्तर सहयोग गर्नु हुने सबै सहयोग दाताहरुमा जिल्ला पार्टीको तर्फबाट धन्यवाद ज्ञापन गरेको छ । जिल्लामा भइरहेको आगलागीका बिषयमा दुःख व्यक्त गर्दै घटनाबाट नेकपा एमाले अत्यन्तै दुःखित भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
साथै आगलागी पीडित सबै जनसमूदायमा धैर्य रहन विशेष अनुरोध गरेको छ । जिल्लाका विभिन्न पालिकामा आगलागीका कारण ठुलो मात्रामा धनजनको क्षति भएको छ ।
हालसम्म गुल्मीका विभिन्न पालिकामा सयौं घरगोठ आगलागीबाट पूर्णरुपमा क्षति भएका छन् । ठूलो संख्यामा पशुचौपाया, खाद्यान्न, लत्ताकपडा, जिन्सी समेत गरी करोडौंको क्षति भएको छ ।
वन्यजन्तु, पशुपन्छी र बहुमूल्य जडिबुटी नष्ट भएका छन् । हालसम्म पनि आगजनीका घटनाहरु नियन्त्रणमा आउन नसकेको बताउँदै आगजनीमा सम्लग्नको खोजी गरी कानूनी दायरामा ल्याउन सम्बन्धित निकायको थप ध्यानाकर्षण गराइएको छ ।
जिल्लामा गर्मी र सुख्खा मौसम शुरु भएसँगै दैनिक जसो आगोलागीका घटनाहरू बढदै गएका छन् । जिल्लामा वैशाख महिना शुरु भएपछि आगोलागीका घटना दैनिक बृद्धि भएका छन् ।
जिल्लामा ८० वटा सामुदायिक वनमा आगोलागी हुँदा करिब १५० घर गोठ जलेर नष्ट भएका छन् । सयौं नागरिक घरबार बिहिन भएका छन् ।
आगोलागीका कारणले १०० बढी पशुचौपाया जलेर नष्ट भएका छन् । अहिले आगोलागी प्रभावित क्षेत्रमा राहत, उद्दारको काम स्थानीय सरकार र विभिन्न संघ संस्थाले गरेका छन् ।
जिल्लामा पछिल्लो समयआगो लगाउने व्यत्ति समेत पक्राउ पर्न थालेका छन् । जिल्लाका रेसुङ्गा, धुर्कोटबाट आगोलगाएको आरोपमा ३ जनालाइ पक्राउ गरेर प्रहरीले सार्वजनिक समेत गरेको छ ।
उनिहरुलाइ वन ऐन अनुसारको मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ । प्रहरीले आगो लगाएको आरोपमा अरू थप २ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।