ग्वाघामा जिर्णोद्धार तथा सौन्दर्यकरणका लागी ऐतिहासिक पोखरी निमार्ण

0 691

 

गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ५ ग्वाघामा जिर्णोद्धार तथा सौन्दयकरणका लागी ऐतिहासिक पोखरी निमार्ण सम्पन्न भएको छ । ग्वाघा ठुला पोखरी निमार्ण समितिले उक्त पोखरी निमार्ण सम्पन्न गरेका वडा नम्बर ५ का वडाध्यक्ष पृथ बहादुर कार्कीले बताउनुभयो । पोखरी निमार्ण संगै पोखरीमा लाइट राख्ने, पानीको फोहोरा फाल्ने, मौला बनाउने र मौला माथि बृद्धको मुर्ति राख्ने कार्य समेत भएको वडाध्यक्ष कार्कीले बताउनुभयो ।

उक्त पोखरी निमार्ण सम्पन्न भए पछि गाउँपालिकाका अध्यक्ष युवराज केसीले उद्घाटन गर्नुभएको छ । निमार्ण समितिका अध्यक्ष लिल बहादुर रानाको अध्यक्षता रहेको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष युवराज केसीको प्रमुख आतिथ्यता, उपाध्क्ष बिष्णुप्रसाद भण्डारी, प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौड्याल, वडाध्यक्ष पृथ बहादुर कार्की लगायत अन्य अतिथिहरुको सहभागीतामा कार्यक्रम सम्पन्न भएको थियो ।

ad

कार्यक्रमका प्रमुख अतिथि युवराज केसीले चन्द्रकोट ५ ग्वाघामा नयाँ र थप पर्यटकिय गन्तव्यको रुपमा ठुलापोखरीमा धार्मिक विधि अनुसार वुद्ध प्रतिमा स्थापना गरेकाले समग्र चन्द्रकोट र ग्वाघाको पर्यटकिय क्षेत्रको विकासमा नयाँ ईट्टा थपिएको बताउनुभएको छ । उहाँले सवैको सहकार्यको लागि अनुरोध समेत गर्नुभयो । यस्तै कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले पनि ग्वाघाको विकासका लागी पर्यटीय क्षेत्रमा पूर्वाधार निमार्ण संगै रोजगारीका अवसरहरुको पनि खोजी गर्नुपर्ने बताएका छन ।

सोही पोखरी निमार्णका लागी चन्द्रकोट गाउँपालिकाको २ लाख ५० हजार, वडा कार्यालयको १ लाख ५० हजार, चन्द्रकोट सत्यवती र कालीगण्डकी वन क्षेत्रको ७० हजार र स्थानियको ४ लाख सहयोगमा उक्त पोखरी निमार्ण सम्पन्न भएको हो । उक्त पोखरीमा माछा पालन गरी रोजगारी सिर्जना गर्न सकिने वडाध्यक्ष पृथ बहादुर कार्कीले बताउनुभयो । उहाँले पर्यटक भि¥याउन पहल गरेको उल्लेख गदै आगामी दिनमा थप कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

थप तस्विरहरु ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।