दिव्रुङ्ग शारदा माबिमा पढदै कमाउदै कार्यक्रम

0 661

महेश बोहरा
जेठ ०८, २०८१ गुल्मी /
गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाको वडा नम्बर १ दिव्रुङ्ग सराङ्गमा रहेको शारदा माध्यमिक बिद्यालयले पढदै कमाउदै कार्यक्रमको सुरुवात गर्न लागेको छ । सोमबार एक कार्यक्रम बिच करिब सात सय अकबरे खुर्सानीका बिरुवा रोपेको प्रधानाध्यापक विष्णु सुवेदीले जानकारी दिनुभयो ।

बिद्यालयको आफ्नै पौने एक रोपनी जग्गामा मल्चिङ विधिबाट बिद्यार्थीहरुलाई सिकाउदै अकबरे खुर्सानीका बिरुवा रोपिएको छ । हालसम्म स्थानिय सरकार समक्ष कुनै प्रस्ताव पेश नगरे पनि बिद्यार्थीहरुलाई व्यवारिक शिक्षा प्रदान गर्ने उद्देश्यले सुरुवात गरिएको प्रधानाध्यापक सुवेदीको भनाई छ ।


कक्षा ९ र १० का करिब ४१ जना बिद्यार्थीहरुलाई सहभागी बनाई पूर्व तयारीका साथ खुर्सानीका बेर्ना उत्पादन गरि रोपण गरिएको हो । कार्यक्रममा सहभागी हुदाँ निकै खुसी लागेको बिद्यार्थीले प्रतिक्रिया दिए । उनिहरुले बिद्यालयमा पढाई संगै व्यवहारमा पनि सिक्न पाउँदा खुसी लागेको बताए । बिद्यालयका प्रधानाध्यापक विष्णु सुवेदीका अनुसार केही समय पछि च्याउ खेती पनि गरिने उल्लेख गर्नुभयो ।

ad

१० जना बिद्यार्थीको समुह बनाई सबै च्याउ खेतीको जिम्मा बिद्यार्थीलाई नै दिने बताउनुभयो । बिद्यार्थी आफैंले उत्पादन गर्ने, बजारीकरण खोज्ने र बिद्यार्थिले नसकेको अवस्थामा सहयोग गर्ने उहाँले बताउनुभयो । बिउ बिजन बिद्यालयले सहयोग गर्ने छ । यस्तै वडा नम्बर १ अर्जेवाको शारदा माबिमा पनि पढदै कमाउदै कार्यक्रम अन्र्तगत खुर्सानीका बिरुवा रोप्ने कार्य सम्पन्न भएको छ ।

यता वडा नम्बर १ का वडाध्यक्ष तथा चन्द्रकोट गाउँपालिकाका प्रवक्ता घनश्याम खरेलले बिद्यालयले गरेको कार्य प्रशंसनिय रहेको बताउनुभयो । बिद्यालय क्षेत्रमा स्थानिय सरकारले सदैव सहयोग गर्ने बताउदै जुनसुकै सहयोगका लागी वडा कार्यालय र गाउँपालिका तत्पर रहेको बताउनुभयो ।

थप तस्विरहरु ।

 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।