गुल्मीमा १३२ केभिएको सव स्टेशन निर्माण अन्तिम चरणमा, नागरिकहरु खुशी

0 36

सूर्य सुनार
१२ जेठ, गुल्मी ।
गुल्मी जिल्लामा छिन–छिनमा विद्युत आउने जाने समस्या झेल्दै आइरहेका गुल्मी बासीको समस्या समाधान हुने भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–७ उनायचौरमा १३२ केभीए लाइनको सवस्टेशन निर्माणकार्य अन्तिम चरणमा पुगेसँगै यहाँका नागरिक खुशी भएका छन् ।
गुल्मीमा केन्द्रीय विद्युत प्रसारण लाइन विस्तार गर्न उनाएचौरमा सव स्टेशन निर्माण कार्य अन्तिम चरणमा छ । छिन छिनमा बत्तीजाने समस्याबाट आजित भएको गुल्मेलीहरुमा विद्युत सव स्टेशनको काम पुरा भएसंगै समस्याको हल हुने रेसुङ्गा नगरपालिका ७ का स्थानीय हिमलाल पन्थीको भनाई छ ।

सव स्टेशनसम्म आवश्यक पर्ने सम्पूर्ण निर्माणका काम सकेर अहिले ट्रान्र्फमर चार्ज गर्ने कार्य भइरहेको उनाएचौर सव स्टेशनका स्टोर प्रमुख नारायण थापाले बताउनुभयो । जेठ महिनाभर चार्ज गर्ने काम लगायत सकेर विद्युत वितरण गर्ने तयारी भइरहेको थापाले बताउनुभयो ।

ad

यन्त्र उपकारण लगायतका चेक जाँच गर्न भारतबाट प्राविधिक टोलीले काम गरिरहेको छ । हाल जिल्लामा बुटवलबाट ३३ केभिए मार्फत आइरहेको विद्युत विभिन्न कारणले छिनछिनमा आउने जाने समस्या हुने गरेको छ । पहाडी क्षेत्रमा वितरण गरिएको विद्युत सेवालाई भरपर्दो र गुणस्तरीय बनाउने उदेश्यले १३२ केभीए बिस्तार गरिएको छ ।

केन्द्रीय प्रसारण लाइनको विद्युत गुल्मीमा जोडिएपनि लामो दुरीमा बुटवलमा रहेको सव स्टेशनले गर्दा विभिन्न समस्याहरु देखा पर्दै गएकाले छुट्टै सव स्टेशन निर्माण थालिएको हो । नेपाल विद्युत प्राधिकरणको ४५ करोड लागतमा विद्युत सव स्टेशन निर्माण सुरु भएको हो ।

oplus_2

सव स्टेशनको सिग्मा कन–नरेन्द्र निर्माण जेभी बानेश्वर काठमाडौंले निर्माणको जिम्मा लिएको थियो । केन्द्रिय प्रशारण लाइनको पहुँच पु¥याउनका लागि सव स्टेशन निर्माण भएको हो ।
कपिलवस्तुको मोतिपुरमा रहेको सव स्टेशनबाट अर्घाखाँची हुँदै गुल्मीको रेसुङ्गा नगरपालिकाको उनाएचौर र मुसिकोट नगरपालिकाको पौँदीअमराई भएर बाग्लुङको बुर्तिबाङसम्म पुग्नेछ । अहिले १३२ केभिए मार्फत अर्घाखाँचीमा विद्युत वितरण भइरहेको छ ।
गुल्मीको उनाएचौरसँगै पौदी अमराईमा पनि सव स्टेशन निर्माणको काम तिब्र गतिमा भइरहेको छ । उनाएचौरबाट पौदीअमराईसम्म विद्युतका टावर निर्माण कार्य सकेर लाइन बिस्तारको काम भइरहेको थापाले बतानुभयो ।


नेपाल विद्युत प्राधिकरणले अर्घाखाँची गुल्मी र बाग्लुङ जिल्लामा विद्युतलाई परपर्दे तरिकारले विस्तार गर्न विभिन्न ठाउँमा सव स्टेशन निर्माणको काम गरेको हो । सव–स्टेशनले विद्युतिय ओभर लोडलाई कम गर्न मद्दत गर्ने काम गर्नेछ ।
२०७७ भदौ २४ गते तत्तकालिन रेसुङ्गा नगरपालिका नगरप्रमुख तथा लुम्बिनी प्रदेश सांसद डिल्लीराज भुसालले उनाएचौरमा १३२ केभिएको सव स्टेशन निर्माणको शिलान्यास गर्नुभएको थियो ।

 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।