चन्द्रकोटका एक सय ४० जनाद्धारा रक्तदान

0 210

गुल्मी । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । १७ औं गणतन्त्र दिवसको अवसर पारेर मंगबार शान्तिपुरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । रक्तदानमा एक सय ४० युनिट रगत संकल्न भएको छ । जसमा एक सय ४० जनाले रक्तदान गरेका थिए । यो सङ्ख्या गुल्मीमै पहिलो रहेकोे बताइएको छ । अहिलेसम्म एकैपटकमा यति ठूलो सङ्ख्यामा गुल्मीमा रक्तदान गर्ने स्थानीय तह चन्द्रकोट नै रहेको नेपाल स्वयमसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहानले बताउनुभयो । केही समय अगाडि चन्द्रकोट गाउँपालिका गुल्मी र नेपाल स्वयमसेवी रक्तदाता समाज रुपन्देही बिच भएको सहमति अनुसार चन्द्रकोट बासीलाई लुम्बिनी प्रदेश भर आवश्यक रगत निःशुल्क रगत उपलब्ध गराउने सम्झौता भएको थियो । गाउँपालिकामा रक्तदान कार्यक्रममा स्थानियका साथ साथै जनप्रतिनिधि, कर्मचारी लगायत विभिन्न संघ संस्थाबाट विभिन्न ब्यक्तिहरुको उल्लेखिनिय सहभागीता रहेको थियो । रक्तदान गर्न पाँउदा स्थानियहरुमा खुशी देखिएका थिए । उनिहरुले रक्तदान जिवन दान भएको बताए ।

प्राविधिक सहयोग गरेको संस्था रक्त संचार सेवा केन्द्र रुपन्देही प्रमुख राधा ज्ञवालीले पछिल्लो समयमा सडक दुर्घटना बढ्दै गएकोले रगतको अभाव हुन नदिनका लागी कार्यक्रम फलदायी हुने बताउनुभयो । उहाँले जनसंख्या बृद्धि संगै विभिन्न रोगहरु बढ्दै जाँदा रगत आवश्यक रहेको बताउनुभयो ।

ad

नेपाल स्वयमसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहानले आफुले ८२ पटक रक्तदान गरेको बताउदै अहिले रक्तदान गर्नेको संख्या बढ्दै गएको बताउनुभयो । उहाँले स्वस्थ्य मान्छेले १ सय २० दिनमा रक्तदान गर्न सकिने बताउनुभयो ।

चन्द्रकोट गाउँपालिकाका उपाध्यक्ष बिष्णुप्रसाद भण्डारीले गाउँपालिका नागरिकलाई स्वस्थ्य कसरी बनाउने र रगत आवश्यक परेको खण्डमा निःशुल्क रुपमा उपलब्ध गराउन लागी परेको बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष युवराज केसीले रक्त संचार सेवा केन्द्र रुपन्देही संगको सम्झौता अनुसार हाल सम्म ८ जनाले सेवा लिइसकेको बताउनुभयो । उहाँलले गाउँपालिकाका एक पटक पनि रक्तदान नगरेकालाई प्रोत्साहन गर्नका निम्ति पनि कार्यक्रमको अयोजना गरिएको बताउनुभयो ।

चन्द्रकोट गाउँपालिकाले आयोजना गरेको रक्तदान कार्यक्रममा नेपाल शिक्षक महासंघ चन्द्रकोट गाउँपालिका, उद्योष् बाणिज्य संघ शान्तिपुर, नेपाल स्वयमसेवी रक्तदाता समाज रुपन्देही र नेपाल स्वयमसेवी रक्तदाता समाज गुल्मीको सहकार्य र रक्त संचार सेवा केन्द्र रुपन्देहीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । विभिन्न ब्यक्तिहरुले रक्तदान गरेका थिए । कार्यक्रममा चन्द्रकोट गाउँपालिकाका अध्यक्षयुवराज केसी ,उपाध्यक्ष बिष्णुप्रसाद भण्डारी, प्रमुख प्रशासकीय अधिकृत बृद्धप्रकाश पौड्याल लगायत जनप्रतिनिधि र कर्मचारी सहित गाउँपालिका भित्रका विभिन्न संघ संस्थाहरु र जनसमुदायहरुको व्यापक सहभागिता रहेको थियो । १७ औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा अवसरमा चन्द्रकोट गाउँपालिका मातहतका वडा कार्यालयहरू, स्वास्थ्य संस्थाहरू, विद्यालयहरू लगायतका कार्यालय परिसर एवम् सार्वजनिक स्थलहरूमा सरसफाई कार्यक्रम सम्पन्न समेत गरिएको थियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।