गुल्मीमा जीप दुर्घटना हुँदा एक जना महिलाको मृत्यु

0 483

सूर्य सुनार
२१ जेठ, गुल्मी
गुल्मीमा जीप दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको छ । जिल्लाको कालिगण्डकी गाउँपालिका ४ पुर्तिघाट ओक्याङमा ग २ च ३२६२ नम्बरको जीप दुर्घटना हुँदा सत्यवती गाउँपालिका ८ भार्से बस्ने बर्ष ३२ की कमला बुढाथोकीकोे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
जीपमा सवार ८ जना मध्ये ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी प्रहरी नाबय उपरीक्षक शंकर पोखरेलले जानकारी दिनुभयो । चन्द्रकोटबाट पुर्तिघाट तर्फ जाँदै गरेको जीप अनियन्त्रीत भइ दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घाइतेको थप उपचारका लागि पाल्पा रिफर गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।