गुल्मीमा जातीय भेदभाव उन्मूलन दिवसको अवसरमा शौक्षिक सामग्री वितरण

0 264

सूर्य सुनार

२१ जेठ, गुल्मी
जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको सन्दर्भमा दलित महिला संघ गुल्मीले शौक्षिक सामग्री वितरण गरेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका ७ भुजेलखर्कमा रहेको सृजना प्राथमिक विद्यालयमा शौक्षिक सामग्री वितरण गरिएको हो ।
जसमा कापी आधा दर्जन, कलम आधा दर्जन, इलिजर, कटर लगायतका सामग्री वितरण गरिएको दलित महिला संघ गुल्मीका सचिब विष्णु विश्वकर्माले बताउनुभयो । दिवसको अवसरमा प्राय दलित समुदायका बालबालिकाहरुले अध्ययन गर्ने विद्यालयमा गएर शौक्षिक सामग्री वितरण गरिएको विश्वकर्माले बताउनुभयो ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर थापाले सृजना प्राथमिक विद्यालयका बालबालिकाहरुलाई शौक्षिक सामग्री वितरण गरेर अध्ययनमा सहज बनाइदिएको बताउँदै संस्थालाई धन्यवाद व्यक्त गर्नुभयो । आगमी दिनमा पनि विद्यालयमा यस्ता कार्यक्रम लिएर आउन उहाँले आग्रह गर्नुभएको थियो ।
जिल्ला समन्वय समिति गुल्मीका पूर्वसदस्य उमा चुँदराले दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै विद्यालयको क्षेत्रबाट समाजमा चेतनाको विकास गर्न आवश्यक रहेको बताउनुभयो । समाजमा अझै पनि जातीय छुवाछुत रहेको भन्दै यसको अत्यको लागि सबै पक्षको साथ आवश्यक रहेको बताउनुभयो ।

ad


दलित महिला संघ गुल्मीका अध्यक्ष कमला बरालले १९ औँ जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस यस बर्ष फरक तरिकाले मनाएको बताउनुभयो । समाज परिवर्तनको पहिलो आधार शिक्षा भएको बताउँदै शिक्षाको माध्यमबाट सबैलाई शिक्षित बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा रेसुङ्गा नगरपालिका कार्यपालिका सदस्य सीता विश्वकर्मा, वडा सदस्य जुना विश्वकर्मा लगायतको उपस्थित रहेको थियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।