महिला हिंसाका घटनाहरु न्यूनीकरणका लागि सामूहिक प्रयास आवश्यक

0 149

गुल्मी, जेठ २४
महिला हिंसाका घटनाहरु न्यूनीकरणका लागि सामूहिक प्रयास आवश्यक रहेको सहभागीहरुले जोड दिएका छन् ।
राष्ट्रिय महिला आयोगले जिल्ला प्रशासन कार्यालय गुल्मीमा आयोजना गरेको महिला हिंसा निवारणको अभियानलाई प्रभावकारी बनाउन सामाजिक तथा राजनीतिक क्षेत्रका युवाहरुसंग अन्र्तक्रिया कार्यक्रममा सहभागीहरुले जोड दिएका हुन् ।
महिला अधिारकर्मी कमला बरालले महिला हिंसा गर्दैनौँ भन्दै ठुला ठुला भाषण गर्ने भन्दा पनि कार्यन्वय गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले अझै पनि समाजमा अन्तरजातीय विवाहलाई स्विकार नगर्ने र विभिन्न वाहानाहरु बनाउने गरेको गुनासो गर्नुभयो । दलितहरुलाई उपल्लो समुदायले दवाउने परम्परा कायमै रहेको उहाँको भनाई छ ।
महिला हिंसा घरमै पनि हुने गरेको बताउँदै त्यी घटनाहरु दबिएर बस्ने गरेको र बाहिर आउन नसकेको लक्ष्मी पाण्डेले बताउनुभयो । यस्ता घटनाहरुलाई न्यूनीकरण गर्नका लागि सचेतनालगायत सबैको सामूहिक प्रयास जारी रहेको उहाँले बताउनुभयो । समाजमा लागु पदार्थ सेवन र मादक पदार्थ सेवनका कारण पनि महिला हिंसा बढी हुने गरेको बताउँदै यस्ता घटनाहरुलाई न्यूनीकरण गर्न सबैको सामूहिक प्रयासले मात्रै संभव हुने कार्यक्रममा सहभागी अन्जु पन्थीले बताउनुभयो ।
गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जिल्लामा भएका महिला हिंसा सहितको विवरण प्रस्तुत गर्दै न्यूनीकरणकाले सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।
राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले आयोगले मात्रै समस्या समाधान गर्न नसक्ने भएकाले सबैको प्रयास आवश्यक रहेको बताउनुभयो । सातै प्रदेशमा आयोगको कार्यालय स्थापना गर्ने ब्यबस्था भएपनि कार्यालय स्थापना हुन नसकेको उहाँको भनाई छ । महिला सम्बन्धी समस्या समाधानका लागि स्थानीय तहरु र जिल्ला प्रशासनसंगको समन्वयमा समस्या समाधान गर्दै आएको उहाँको भनाई छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।