अत्तिविपन्न परिवारका लागि निःशुल्क स्वास्थ्य विमा

0 109

सूर्य सुनार
५ असार, गुल्मी
गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिकाले अत्तिविपन्न परिवारका सदस्यहरुको लागि निःशुल्क स्वास्थ्य विमा गरिदिने भएको छ ।
आर्थिक वर्ष २०८१÷ ०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष सरोजकुमार थापाले गाउँपालिका भित्र रहेका अत्तिविपन्न परिवारको पहिचान गरी उनीहरुको निःशुल्क स्वास्थ्य विमा गरिदिने बताउनुभएको हो ।


गुल्मीदरबार गाउँपालिका भित्रका नागरिकको आर्थिक अवस्था कमजोर भएका, स्वास्थ्य उपचार गराउनबाट बञ्चित भएका नागरिकहरुको स्वास्थ्य विमा गरिने बताउनुभयो ।
त्यस्तै पछिल्लो समयमा जंगली जनावर बाँदर र बंदेलले कृषकहरुलाई सताएको भन्दै उक्त समस्याको समाधानमा पनि उचित पहल गरिने पालिकाले जनाएको छ ।
कृषि उत्पादनमा वृद्धिः गुल्मीदरबारको समृद्धी को अवधारणा लिइ कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले खेत देखी पेट सम्म, गोठ देखी ओठ सम्म कार्यक्रम लिएको छ ।

 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।