जन्मदिनको अवसरमा शौक्षिक सामग्री वितरण

0 448

सूर्य सुनार

९ असार, गुल्मी

सामाजिक उत्तरदायित्व अन्तर्गत विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ । जिल्लाको मुसिकोट नगरपालिका २ स्थित खस्थोक माध्यामिक विद्यालयमा अध्ययन गर्ने ५ जना विद्यार्थीलाई शौक्षिक सामग्री वितरण गरिएको हो ।

ad

समाजसेवी मदन घिमिरेको छोरी बविता घिमिरेको २७ औँ जन्मदिनको अवसरमा शैक्षिक सामग्री वितरण गरिएको हो । विपन्न बालबालिकालाई पठनपाठनमा सहज होस भन्दै झोला, कापी, कलम लगायत शैक्षिक सामग्री वितरण गरिएको मदन घिमिरेले जानकारी दिनुभयो ।

शैक्षिक सामग्री हस्तान्तरण गर्दै उहाँका वुवा मदन घिमिरेले न्यून आय भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दा अध्ययन गर्न सहज हुने बताउनुभयो । साथै उहाँले सोही विद्यालयमा अध्ययन गर्ने विष्णु बहादुर बोहराको पठनपाठन गर्न कक्षा १० सम्म अभिभावत्वको जिम्मेवारी लिनुभएको छ ।

कापी कलम र शैक्षिक सामग्रीको अभावमा विपन्न विद्यालय आउन नसक्ने बालबालिकाहरुलाई सहज भएको विद्यालयले जनाएको छ ।

समाजसेवी घिमिरेले यस अघि पनि शौक्षिक क्षेत्रमा विभिन्न कार्यक्रम लिदै विद्यालयको शौक्षिक गुणस्तरमा वृद्धि गर्न कार्यक्रम लिएर जाने गर्नुहुन्छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।