सूर्य सुनार
१० असार, गुल्मी
गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाले कूल ६९ करोड ६० लाख ९७ हजार ४५२ रुपियाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । जस अन्र्तगत चालु तर्फ ४७ करोड ७५ लाख ५८ हजार ४५२ र पुँजीगत तर्फ २१ करोड ८५ लाख ३९ हजार रुपियाँको बजेट प्रस्तुत गरेको नगर उपप्रमुख गंगा श्रेष्ठले जानकारी दिनुभयो ।
बजेटले कृषि पशुपालन सूचना प्रविधि र पूर्वाधारलाई प्राथमिकता दिएको नगरप्रमुख जीवन खरेलले जानकारी दिनुभयो ।
नगरपालिकाले स्वास्थ्य, शिक्षा र पर्यटनका क्षेत्रमा आमूल परिवर्तन ल्याउने नीति तथा कार्यक्रमकै आधारमा बजेट प्रस्तुत गरेको खरेलले बताउनुभयो ।
मुसिकोट नगरपालिकाले कृषिको माध्यमबाट रोजगारीमा जोडने, युवाहरुलाई स्वदेशमै टिकाउन विभिन्न कार्यक्रम लिने नीति कार्यक्रममा उल्लेख गरे अनुसार बजेट ल्याएको छ ।