(एसईई) नतिजा २०८० मा सिद्धबाबा मावि जिल्ला प्रथम

0 6,778

सूर्य सुनार
१३, असार गुल्मी
गुल्मी जिल्लाको सिद्धबाबा माध्यामिक विद्यालय (एसईई) नतिजा २०८० मा जिल्ला प्रथम भएको छ । माध्यामिक शिक्षा (एसईई) मा ३.९५ जिपिए अनिसा विकले लिएर जिल्ला प्रथम भएको हो । आज राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको थियो ।
२०४३ सालमा स्थापना भएको सिद्धबाबा माध्यामिक विद्यालय गत वर्ष दोस्रो भएको र अहिलेको नतिजामा जिल्ला प्रथम भएको विद्यालयका प्रधानाध्यपक डोर विक्रम श्रीसले बताउनुभयो ।


त्यस्तै महेन्द्र माध्यामिक विद्यालय दोस्रो भएको छ । महेन्द्र माध्यामिक विद्यालयका कल्याण मरासिनीले ३.९० जिपिए लिएर दोस्रो भएको हो । छात्रतर्फ मरासीनी जिल्ला प्रथम भएको विद्यालयका सुचना अधिकारी शिक्षक सालिकराम पन्थीले बताउनुभयो ।
गुल्मी जिल्लामा ३४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीका प्रमुख लोकनाथ मरासिनीले जानकारी दिनुभयो । जसमा ४२ प्रतिशत प्राविधिकतर्फ विद्यार्थी उत्तीर्ण भएका छन् ।
यो वर्ष तीन हजार सात सय ९०, प्राविधिकतर्फ दुई सय ९५ र ग्रेडवृद्धितर्फ १२ गरेर चार हजार ९७ जनाले परीक्षा दिएका थिए ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।