मुसिकोटमा पहिरोको कारणले घरहरु उच्च जोखिममा

0 234

असार १५, गुल्मी
मुसिकोटमा पहिरोको कारणले ४ घर उच्च जोखिममा रहेका छन् । जिल्लाको मुसिकोट नगरपालिका ३ मा राम बहादुर परियार, गोरे सुनार, लाली वि.क, उजुरे परियारको घर जोखिममा रहेको वडाध्यक्ष शंकर रायमाझीले जानकारी दिनुभयो ।


हिजो साँझा देखी निरन्तर वर्षाको कारणले घरहरु जोखिममा परेका हुन् । वर्षाको कारण घरमुनि बाट पहिरो गएपछि घर जोखिममा परेको वडाध्यक्ष शंकर रायमाझीले बताउनुभयो ।
घरमाथि बाट आएको पहिरोले लाली वि.क को घरमा रहेको अन्न, भाँडाकुडा र पकाउने भान्सा कोठा बगाएको स्थानीय डिल बहादुर विश्वकर्माले बताउनुभयो ।
उहाँलाई नेपाल रेडक्रस सोसाइटी बडागाउँ उपशाखा बाट वडा कार्यालयको समन्वयमा त्रिपाल भाँडाकुडा लगायत सहयोग गरिएको नेपाल रेडक्रस सोसाइटी बडागाउँ उपशाखाका सभापति मदनदीप घिमिरेले बताउनुभयो ।


त्यस्तै मुसिकोट नगरपालिका २ मा यम बहादुर ठकुरीको बङगालो क्षती भएको घिमिरेले बताउनुभयो । जोखिममा रहेका परिवारलाई छिमेकीको घरमा बस्न भनिएको वडाध्यक्ष रायमाझीले बताउनुभयो ।

ad

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।