स्वास्थ्य क्षेत्रमा फड्को मार्दै मुसिकोट, वडाबाटै अल्ट्रासाउन्ड सेवा दिन सुरु

0 285

सूर्य सुनार
११ साउन, गुल्मी
गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाले गर्भवती महिलाहरुका लागि विशेष धुम्ती सेवा सुरुवात गरेको छ । ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम विस्तार गरी गाउँगाउँमा स्वास्थ्य सेवा पुयाउने उदेश्यले कार्यक्रम शुभारम्भ गरिएको हो ।मुसिकोट नगरपालिका वडा नम्बर १ पौदी अमराइ स्वास्थ्य चौकीमा शुक्रबार ११ जना गर्भवती महिलाको अल्ट्रासाउन्ड मार्फत जाँच गरिएको हो ।


गर्भअवस्थामा शिशुको अवस्था थाहा पाउन गाउँघरमै सजिलो हुने र जिल्ला र अन्यत्र ठाउँमा धाउनुपर्ने बाध्यताको अन्त्य भएको मुसिकोट नगरपालिका नगरप्रमुख जीवलाल खरेल जीवनले बताउनुभयो । आफ्नो वडाबाटै नागरिकले गुणस्तरिय स्वास्थ्य सेवा लिन पाउने हुँदा यसको उपयोग गर्न नगरप्रमुख खरेलले आग्रह गर्नुभएको छ ।
नगरपालिकाले स्वास्थ्यको क्षेत्रमा धेरै काम गरेको बताउँदै खरेलले आगमी दिनमा पनि यस्ता खालका कार्यक्रमहरु नागरिक माझ लैजाने बताउनुभयो ।

स्वास्थ्य संस्थाहरुमा नियमित रुपमा गर्भवती महिलाहरुको लागि घुम्ती ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रम संचालन गरिएको स्वास्थ्य शाखा प्रमुख डिबी जिसीले बताउनुभयो । प्रत्येक महिनाको पहिलो शुक्रबार वामी स्वास्थ्य चौकी, दोश्रो शुक्रवार पौदि अमराई स्वास्थ्य चौकी, तेश्रो शुक्रवार बडागाउँ स्वास्थ्य चौकी, चौथो शुक्रवार बरदान सामुदायिक शहरी स्वास्थ्य केन्द्रबाट सेवा प्रदान हुने स्वास्थ्य शाखा प्रमुख जिसीले बताउनुभयो ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।