गुल्मीमा घरको बराण्डबाट लडेर मृत्यु

0 276

अनिल खत्री
३ भदौ, गुल्मी । गुल्मीमा घरमै लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका वडानम्बर–१ राहले निवासी ३५ वर्षको कमल कुमाल आफ्नै टिनले छाएको तिनतले कच्ची घरको बिच तलामा जोडिएको बराण्डबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्याल्य गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले बताए ।
कुमाल आफु सुत्ने कोठमा जाने क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक रामकुमार केसीको कमाण्डमा टोली खटिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।