फिनल्यान्डको हेलसिन्कीको कन्तुलामा नेपालीको तीज मिलन कार्यक्रम सम्पन्न

0 129

हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीज पर्व नजिकिएसँगै शुभकामना आदानप्रदान बिशेष कार्यक्रम सञ्चालन हुन थालेका छन् ।
यतिबेला नेपालका विभिन्न ठाउँमा मात्रै होइन प्रवाशमा रहेका विभिन्न संघ संस्थाले तीज बिशेष शुभकामना आदानप्रदान कार्यक्रमहरुसँगै सामुहिक रुपमा दरदाने कार्यक्रहरु आयोजना गर्ने गरेका छन् । यसै क्रममा फिनिश नेपाली सोसाईटि द्वारा फिनल्यान्डको हेलसिन्कीको कन्तुलामा आयोजना गरिएको तीज गीत तथा नेपाली भेटघाट तथा दरखाने कार्यक्रम सम्पन्न भएको छ । कन्तुलामा आयोजना गरिएको तीज गीत तथा नेपाली भेटघाट तथा दरखाने कार्यमा करिब ८ सय जना नेपालीहरु सहभागी थिए ।
नेपालबाट प्रवासमा रहेका नेपालिहरू एकै ठाउँमा जम्मा हुने र गीतको माध्यमबाट दुखसुख साट्ने उदेश्यले कार्यक्रम राखिएको नेपाली सोसाईटी फिनल्यान्डका अध्यक्ष सञ्जु काउछाले बताए । तीज बिशेष कार्यक्रममा नेपाली दिदी बिहनीहरु नेपाली पोसाकमा सहभागी भएका थिए ।
नेपालबाट प्रवासमा आएर कामको शिलसिलामा व्यस्त रहेका सबै नेपाली भेटघाट र आपसमा रमाइलो गर्ने उद्देश्यले यस्तो खालको कार्यक्रम राखिएको काउछाले बताए । तीज मिलन र्काक्रममा शुभकामना आदानप्रदानसँगै तीज पर्वसँग सम्बन्धीत गीत गाएर एक आपसमा रमाइलो गरेका थिए ।
कार्यक्रममा नेपालबाट फिनल्यान्ड घुम्न आएका आमाबुवालाई सम्मान समेत गरिएको त्यहाँबाट सुरज भट्टराईले बताए ।

केही तस्विरहरु

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।