क्यानाडियन नेपाली सोसाइटीद्धारा गुल्मेलीको तीज मिलन कार्यक्रम सम्पन्न

0 97

हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीज पर्व नजिकिएसँगै शुभकामना आदानप्रदान बिशेष कार्यक्रम सञ्चालन हुन थालेका छन् । देशमा मात्र हैन रोजगारी तथा अन्य शिलशिलामा मुुलुकभन्दा बाहिर रहेका नेपालीहरुले समेत तिजको अवसरमा दर खाने तथा भेटघाट गर्ने गरेका छन । यसै क्रममा क्यानडाको
इडमन्टनमा क्यानाडियन नेपाली सोसाइटीद्धारा आयोजना गरिएको तीज गीत तथा गुल्मेलीहरुको भेटघाट तथा दरखाने कार्यक्रम सम्पन्न भएको छ । इडमन्टनमा आयोजना गरिएको तीज गीत तथा गुल्मेली भेटघाट तथा दरखाने कार्यमा करिब २ सय जना नेपालीहरु सहभागी थिए । गुल्मीबाट प्रवासमा रहेका नेपालिहरू एकै ठाउँमा जम्मा हुने र गीतको माध्यमबाट दुखसुख साट्ने उदेश्यले कार्यक्रम राखिएको क्यानाडियन नेपाली सोसाइटीका करिव ३० वर्षसम्म क्यानडामा बसोबास गदै आनुभएका रामप्रसाद काफ्लेले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
तीज बिशेष कार्यक्रममा नेपाली दिदी बिहनीहरु नेपाली पोसाकमा सहभागी भएका थिए । गुल्मी जिल्लाबाट प्रवासमा आएर कामको शिलसिलामा व्यस्त रहेका सबै गुल्मेलीहरको भेटघाट र आपसमा रमाइलो गर्ने उद्देश्यले यस्तो खालको कार्यक्रम राखिएको रामप्रसाद काफ्लेले जानकारी दिनुभयो । तीज मिलन र्काक्रममा शुभकामना आदानप्रदानसँगै तीज पर्वसँग सम्बन्धीत गीत गाएर एक आपसमा नाचगान गरेर रमाइलो गरेका थिए ।  लामो समयसम्म क्यानडामा बसोबास गर्ने कृष्णप्रसाद भण्डारी लगायतले कार्यक्रमको सहजीकरण गर्नुभएको त्यहाँबाट निर्मल भण्डारीले जानकारी दिनुभयो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।