पूर्वमन्त्री ज्ञवालीद्वारा हर्दिनेटा स्वास्थ्य चौकी भवनको उद्घाटन

0 117

गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर ३ हर्दिनेटामा स्वास्थ्य चौकी भवनको उद्घाटन गरिएको छ । सोमबार नेकपा एमालेका उपमहासचिव प्रदिप कुमार ज्ञवालीले स्वास्थ्य  चौकी भवनको उद्घाटन गर्नुभएको हो । उहाँले सोही कार्यक्रममा बोल्दै स्वास्थ्य सेवालाई घरघरमै पुराउनुपर्ने बताउनुभएको छ । पूर्वमन्त्री समेत रहेका ज्ञवालीले सोमबार स्वास्थ्य चौकी उद्घाटन गर्दै भौतिक संरचना बन्नु भन्दा पनि त्यसबाट हुने सेवा प्रवाहको बिषयमा ध्यान दिनुपर्ने बताउनुभयो । ‘यस स्वास्थ्य चौकीबाट नागरिकले छिटो, भरपर्दो र गुणस्तरीय सेवा पाउनुपर्छ ।’ पूर्वमन्त्री ज्ञवालीले भने, “अब स्वास्थ्य सेवा घरघरमै पुराउनुपर्छ ।” ज्ञवालीले उद्घाटन भएको हर्दिनेटा स्वास्थ्य चौकीबाट अब स्वास्थ्य सेवा घरघरमा पु¥याउन आवश्यक रहेको र त्यसतर्फ पनि संस्थाले सोच्नुपर्ने भएकोले त्यसमा आफूहरूले पनि पहल गर्ने बताउनुभयो ।

स्वास्थ्य चौकी उद्घाटनको क्रममा छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जग्गादाता वडाध्यक्ष तेजकान्त अर्याल र स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न गर्ने निर्माण व्यवसायीलाई धन्यवाद दिनुभयो । उहाँले छत्रकोट गाउँपालिकाले स्वास्थ्यको क्षेत्रमा फड्को मारेको बताउनुभयो। स्वास्थ्य संस्था मापकको सूचकका आधारमा गुल्मी जिल्लामै छत्रकोट गाउँपालिका प्रथम र पोषणयुक्त स्थानीय तहमा देशभरमै छत्रकोट गाउँपालिका तृतीय बनेको उहाँले बताउनुभयो ।

ad


छत्रकोट गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष तेजकान्त अर्यालले दान गरेको साढे तीन रोपनी जग्गामा दुई तले स्वास्थ्य चौकी निर्माण सम्पन्न भएको छ । संघीय बिशेष अनुदान अन्तर्गतको एक करोड ७१ लाख लागतमा उक्त स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भएको छत्रकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बिरवबहादुर पुनले जानकारी दिनुभयो । उहाँका अनुसार, भवनको निर्माण रेसुङ्गा दर्शन कन्ट्रक्सन प्रा.लि.ले गरेको थियो । भवनको निर्माण गत बैशाखमा सम्पन्न भएको थियो । पूर्वमन्त्री समेत रहेका नेकपा एमालेका उपमहासचिव प्रदीप कुमार ज्ञवालीले हर्दिनेटा स्वास्थ्य चौकीको उद्घाटन गर्नुपूर्व नागरिक आरोग्य केन्द्र हर्दिनेटाको पनि उद्घाटन गर्नुभएको थियो । उक्त आरोग्य केन्द्र लुम्बिनी प्रदेश अन्तर्गतको २२ लाख बजेटमा सम्पन्न भएको थियो। । उद्घाटन भएको नागरिक आरोग्य केन्द्रबाट आयुर्वेद सेवा र हर्दिनेटा स्वास्थ्य चौकीबाट स्वास्थ्य उपचारका सेवाहरु औपचारिक रुपमा प्रवाह हुनेछन् ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।