सिकाईलाई सीपसंग जोड्दै शारदा माबि सराङ्ग

0 407

महेश बोहरा, भाद्र ३० गुल्मी
गुल्मी जिल्लाको चन्द्रकोट १ दिबु्रङ्ग सराङ्गमा रहेको शारदा माबिका बिद्यार्थीहरुले लगाएको अकबरे खुर्सानीका बिरुवाबाट उत्पादन सुरु भएको छ । शारदा माध्यमिक बिद्यालयले सञ्चालन गरेको सिकाईलाई सीपसंग जोड्ने कार्यक्रम गरी करिब ७ सय अकबरे खुर्सानीका बिरुवा रोपिएको थियो । बिद्यालयको आफ्नै पौने एक रोपनी जग्गामा मल्चिङ विधिबाट बिद्यार्थीहरुलाई सिकाउदै अकबरे खुर्सानीका बिरुवाहरु रोपिएको थियो । कक्षा ९ र १० का करिब ४१ जना बिद्यार्थीहरुलाई सहभागी बनाई पूर्व तयारीका साथ खुर्सानीका बेर्ना उत्पादन गरि रोपण गरिएको थियो । कार्यक्रममा सहभागी हुदाँ निकै खुसी लागेको बिद्यार्थीले प्रतिक्रिया दिए । उनिहरुले बिद्यालयमा पढाई संगै व्यवहारमा पनि सिक्न पाउँदा खुसी लागेको बताए । घरमा जस्तै बिद्यालयमा पनि सिक्न पाउनु खुशीको कुरा भएको उनिहरुको भनाई छ । हाल रोपेका उत्पादन दिन थाले पछि त झनै खुशी लागेको बिद्यार्थीहरुको भनाई छ ।
बिद्यार्थीहरुलाई व्यवारिक शिक्षा प्रदान गर्ने उद्देश्यले यो कार्यको सुरुवात गरिएको प्रधानाध्यापक बिष्णु सुवेदीले बताउनुभयो । उहाँले साढे दुई क्वीन्टल अकबरे खुर्सानी उत्पादन गरी बजारमा पठाएको बताउनुभयो । उहाँले यहाँबाट करिब पाँच क्वीन्टल अकबरे खुर्सानी उत्पादन गर्ने लक्ष्य राखेको बताउनुभयो । उहाँले अर्को सिजनमा ५० केजी लसुन लगाउने योजना समेत रहेको बताउनुभयो ।

बिद्यालयसंग च्याउ खेती गर्ने योजना समेत रहेको छ । १० जना बिद्यार्थीको समुह बनाई सबै च्याउ खेतीको जिम्मा बिद्यार्थीलाई नै दिने प्रधानाध्यापक बिष्णु सुवेदीले बताउनुभयो । बिद्यार्थी आफैंले उत्पादन गर्ने, बजारीकरण खोज्ने र बिद्यार्थीले नसकेको अवस्थामा सहयोग गर्ने उहाँले बताउनुभयो । बिउ बिजन बिद्यालयले सहयोग गर्ने छ । आर्थिक वर्ष २०८०/८१ को जिल्ला स्तरिय समिक्षा गोष्ठी जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको कार्यक्रममा समेत शारदा माध्यमिक बिद्यालयले गरेको अकबरे खुर्सानीको चर्चा चलेको थियो । यस्तै रचनात्मक कार्य अन्य बिद्यालय र पालिकाहरुले अनुशरण गर्नुपर्ने सरोकारवालाहरुको भनाई थियो ।

ad

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।