ग्वाघामा असोज ८ गते एकदिने निशुल्क शिविर सञ्चालन हुदैं

0 154

महेश बोहरा, असोज ३ गुल्मी ।
चन्द्रकोट गाउँपालिका वडा नम्बर ५ ग्वाघा गुल्मीले निशुुल्क स्वास्थ्य शिविरको अयोजना गरेको छ । स्वास्थ्य तपाईको गुणस्तरिय सेवा हाम्रो भन्ने मुख्य नाराका साथ यही असोज ८ गते मंगबार एक दिने निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको वडा नम्बर ५ का वडाध्यक्ष पृथबहादुर कार्कीले बताउनुभयो । उहाँका अनुसार नागरिकको स्वास्थ्यलाई ध्यान दिनको लागी विशेषज्ञ सहितको निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो । शिविरमा बाथ रोग विशेषज्ञ डाक्टर अर्जुन केसी होम बहादुर पल्ली, नेशनल बाथ रोग सेन्टर बुटवलबाट व्यवस्थापक अभिनाश पल्ली, लेखा तथा प्रशासन भोजराज पाण्डे, बजार व्यवस्थापक कपुर भण्डारी, सि.एम.ए. पवित्रा नेपाली, अनमी कबिता बुढा, रोज्नी पुन यस्तै ल्याव असिस्टेन्ट निशा झेडी,मनिषा खनाल, र सोनु गाहा सहितको टोली आउदैहुुनुहुन्छ । साथै सि एण्ड सि सवस्थ्य सेवा प्रा.लि.का बिनोद थापा क्षेत्रीले पनि सहयोग गर्नुहुने छ ।

चन्द्रकोट गाउँपालिका वडा नम्बर ५ ग्वाघा वडा कार्यालयको आयोजना रहेको कार्यक्रममा नेशनल बाथरोग सेन्टर बुटवल शाखाले प्राविधिक सहयोग गरेको छ भने सि एण्ड सि सवस्थ्य सेवा प्रा.लि.ले सहयोगी संस्थाको रुपमा सहयोग गरेको वडाध्यक्ष पृथबहादुर कार्कीले बताउनुभयो । उहाँले सम्पूर्ण वडाबासी बुवा आमाहरुलाई शिविरमा सहभागी भएर लाभ लिन समेत आग्रह गर्नुभयो । बिहान ८ बजेदेखि साँझसम्म एक दिन शिविर चल्ने र त्यसको सबै तयारी पुरा भएको बताउनुभयो । शिविरबाट झण्डै ४ सय जनाले लाभ लिने समेत बताउनुभयो । चन्द्रकोट गाउँपालिका शान्तिपुर गुल्मीले समेत नागरिकहरुको स्वास्थ्यलाई ध्यान दिदै हरेक बर्ष निशुल्क वृह्त स्वास्थ्य शिविरको आयोजना गर्ने गरेको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।