ग्वाघामा एकदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न, १ सय ७२ जना बिरामीहरुको विशेषज्ञ चिकित्सकद्वारा चेकजाँच

0 138

महेश बोहरा , असोज ९ गुल्मी ।
चन्द्रकोट गाउँपालिका वडा नम्बर ५ ग्वाघा गुल्मीले असोज ८ गते मंगलबार निशुुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । नागरिकको स्वास्थ्य प्रतिको जिम्मेवारी बहन गर्दै निःशुल्क स्वास्थ्य परिक्षण मार्फत स्वास्थ्य सुविधा प्रदान गर्ने उद्देश्यले चन्द्रकोट गाउँपालिका वडा नं. ५ ग्वाघा गुल्मीको चालु आर्थिक वर्षको बडास्तरीय बजेटबाट संचालन हुनेगरी स्वास्थ्य शिविर सम्पन्न भएको हो । स्वास्थ्य नै धन हो, रोगलाई समयमै पहिचान गर्न सके धेरै नागरिकहरुको स्वास्थ्य जोखिम कम गर्न सकिने उद्देश्यका साथ सञ्चालित निःशुल्क वृहत् स्वास्थ्य शिविरमा बाथ रोग तथा हाड जोर्नी लगायत अन्य रोगको विशेषज्ञ डाक्टरहरु सहितको सेवा प्रदान गरिएको थियो। जसमा बाथ रोग तर्फ एक सय २ जना, सुगर तर्फ ५३ जना, र अन्य सामान्य रोगमा १७ गरी कुल एक सय ७२ जना बिरामीहरुको विशेषज्ञ चिकित्सकद्वारा चेकजाँच, उपचार तथा निःशुल्क औषधि वितरण समेत वडाध्यक्ष पृथबहादुर कार्कीले जानकारी दिनुभयो ।


उहाँका अनुसार नागरिकको स्वास्थ्यलाई ध्यान दिनको लागी विशेषज्ञ सहितको निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो । शिविरमा बाथ रोग विशेषज्ञ डाक्टर अर्जुन केसी होम बहादुर पल्ली, नेशनल बाथ रोग सेन्टर बुटवलबाट व्यवस्थापक अभिनाश पल्ली, लेखा तथा प्रशासन भोजराज पाण्डे, बजार व्यवस्थापक कपुर भण्डारी, सि.एम.ए. पवित्रा नेपाली, अनमी कबिता बुढा, रोज्नी पुन यस्तै ल्याव असिस्टेन्ट निशा झेडी,मनिषा खनाल, र सोनु गाहा, सि एण्ड सि सवस्थ्य सेवा प्रा.लि.का बिनोद थापा क्षेत्री सहितको टोलीले सेवा प्रवाह गर्नुभएको थियो ।
चन्द्रकोट गाउँपालिका वडा नम्बर ५ ग्वाघा वडा कार्यालयको आयोजना रहेको कार्यक्रममा नेशनल बाथरोग सेन्टर बुटवल शाखाले प्राविधिक सहयोग गरेको थियो भने सि एण्ड सि सवस्थ्य सेवा प्रा.लि.ले सहयोगी संस्थाको रुपमा सहयोग गरेको वडाध्यक्ष पृथबहादुर कार्कीले बताउनुभयो । नेपालको संविधानमा मौलिक हकका रुपमा स्थापित स्वास्थ्य सम्वन्धी हक स्थानीय सरकारको माध्यमवाट पालना गर्दै तीनै तहको साझा अधिकार सूचीमा उल्लेखित स्वास्थ्य सेवा विशेष गरी स्थानीय तहको अधिकार सूचीमा रहेको आधारभूत स्वास्थ्य र सरसफाईलाई कार्यान्वयन गर्दै लैजाने लक्ष्यका साथ नागरिकहरुको आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकारलाई सुनिश्चित गर्न शिविरको आयोजना गरिएको वडाध्यक्ष कार्कीले बताउनुभयो ।

ad

चन्द्रकोट गाउँपालिका शान्तिपुर गुल्मीले समेत नागरिकहरुको स्वास्थ्यलाई ध्यान दिदै हरेक बर्ष निशुल्क वृह्त स्वास्थ्य शिविरको आयोजना गर्ने गरेको छ । चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केसीले नागरिकहरुको स्वास्थ्य, शिक्षा, रोजगारी लगायतलाई प्राथमिकता दिएको बताउनुभयो । उहाँले भौतिक पूर्वाधारसंगै सामाजिक विकास पनि महत्वपूर्ण रहको बताउनुभयो ।

वडा नम्बर ५ ग्वाघाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रति आभार व्यक्त गरेको छ । बृहत् स्वास्थ्य अभियानमा सुरुको दिनदेखि समन्वय र सहकार्य लगायतका विषयमा योगदान पुन्याउनु हुने नेसनल वाथ रोग सेन्टरको डा. अमर पहराई र अध्यक्ष तथा स्वास्थ्यकर्मी होम बहादुर पल्ली लगायत अन्य अनुभवी स्वास्थ्यकर्मीहरु, गाउँपालिका अध्यक्षज्यू, उपाध्यक्ष ज्यू, प्रमुख प्रशासकीय अधिकृत ज्यु, स्वास्थ्य शाखा तया विभिन्न शाखामा कार्यरत कर्मचारी साथीहरु लगायत, बडा सदस्य ज्यूहरु, बडामा कार्यरत वडा सचिव लगायत सम्पुर्ण कर्मचारी साथीहरु., शिविरमा विशेषज्ञः चिकित्सकको रुपमा सेवा पुन्याउनुहुने नेसनल वाथ रोग सेन्टरको विशेषज्ञ एवम् स्वास्थकर्मीहरु प्रति हामी कृतज्ञ छौं। यसै अवसरमा विशेषज्ञ डाक्टरहरु उपलब्ध गराउने नेसनल बाथ रोग सेन्टर र विभिन्न तहवाट मेडिकल सामाग्री तथा ल्याव परिक्षणका लागि सहयोग गराउनुहुने सि.एण्ड.सि. स्वास्थ्य सेवा प्रालि शान्तिपुर, विशेष विशेषज्ञ डाक्टरहरु र प्राविधिक सहयोग उपलब्ध गराउने नेसनल बाथ रोग सेन्टर बुटवल लगायत सबै प्रति हार्दिक आभार प्रकट गर्दछौं । व्यक्तब्यमा भनिएको छ । निशुल्क स्वास्थ्य शिविरमा गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ५ ग्वाघा सहित बाग्लुङ्ग जिल्लाको बरेङ्गका नागरिहरुले समेत सेवा लिएका छन । गाउँमै विशेषज्ञ सेवा पाउदाँ  स्थानिहरु पनि हर्षित भएका छन ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।