एमाले मुसिकोट ३ को वडा कमिटी अध्यक्षमा ठकुरी

0 118

नेकपा एमाले मुसिकोट ३ नम्बर वडा कमिटीको दोश्रो अधिवेशनबाट अध्यक्षमा मधुमल्ल ठकुरी निर्वाचित भएका छन् ।
जिल्लाको मुसिकोट नगरपालिका ३ वडागाउँ मैदानमा भएको अधिवेशनले ठकुरी सहित १७ मण्डालको गठन भएको छ । त्यसैगरी कमिटीको उपाध्यक्षमा प्रेम जिसी, उपसचिव विनिता परियार, शारदा घिमिरे निर्वाचित भएको उपाध्यक्ष प्रेम जिसीले जानकारी दिनुभयो ।
शुक्रबार सम्पन्न अधिवेशन बाट नव निर्वाचित वडा कमिटीलाई आज एक औपचारीक कार्यक्रमको आयोजना गरी सपथ ग्रहण तथा प्रमाण पत्रवितरण गरिएको छ । नेकपा एमाले जिल्ला कमिटी सदस्य महेन्द्र घिमिरेले नवनिर्वाचित वडा कमिटीलाई कार्यकाल सफलताको शुभकामना सहितआगामी २०८४ सालको स्थानिय निकायको चुनावमा एमालेलाई बहुमत ल्याउने गरी आजै बाट पार्टी काममा लाग्न आग्रह समेत गर्नुभएको थियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।