थानपती निमाविको आर्थिक अभियान : कर्मचारी द्वय घर्ती मगर र जिसी बाट दश हजार सहयोग

0 94

असोज ११ गुल्मी ।
गुल्मीको मालिका गाउँपालिका ८ स्थित थानपती निमाविले विद्यालयको बृहत्तर विकासको लागि आर्थिक अभियान सुरु गरेको छ । विद्यालयले सुरु गरेको अभियानलाई देश विदेश बाट सहयोग प्राप्त भैइरहेको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष डिबी खड्काले बताए । त्यस्तै मालिका गाउँपालिका शिक्षा शाखाका प्रमुख भुम घर्ती र सहायक सुरज जिसी बाट १० हजार रकम प्राप्त भएको छ । विद्यालयले सुरु गरेको अभियान निकै राम्रो उत्कृष्ट र अनुसरणीय भएको हुँदा आफ्नो तर्फ बाट थोरै सहयोग गरेको शिक्षा शाखाका प्रमुख भुम घर्ती मगरले बताए ।
त्यस्तै विद्यालयमा नयाँ नेतृत्व आएपछि विद्यालय व्यवस्थापन समिती सहित सिङ्गो दघास गाउँ विद्यालय वनाउन लागि परेको हुँदा थप हौसलाको लागि सहयोग गरेको शिक्षा शाखाका सुरज जिसीको भनाइ छ ।
ग्रामिण क्षेत्रमै अभिभावकको चाहना अनुसार गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यले अभियान सुरु गरिएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष डिबी खड्काले बताए ।
विद्यालयमा प्राप्त आर्थिक स्रोत र दरबन्दी नहुदा पठनपाठनमा समस्या आएको हुँदा त्यसको पुर्तिको लागि अभियान चलाईएको विद्यालय स्रोतले जनाएको छ ।
साथै सहयोग गर्न चाहेमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैक सिमलाटारी शाखामा थानपती कल्याणकारी कोष (खाता नम्बर
01400700690479000001) सहयोग गर्न सकिने विद्यालयले जानकारी दिएको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।