श्रीमानको सम्झनामा विद्यालयलाई ५५ हजार सहयोग

0 88

असोज ११ गुल्मी ।
गुल्मीको मालिका गाउँपालिका ८ स्थित थानपती निमाविले विद्यालयको बृहत्तर विकासको लागि आर्थिक अभियान सुरु गरेको छ । ग्रामिण क्षेत्रमै अभिभावकको चाहना अनुसार गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यले अभियान सुरु गरिएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष डिबी खड्काले बताए ।
विद्यालयमा प्राप्त आर्थिक स्रोत र दरबन्दी नहुदा पठनपाठनमा समस्या आएको हुँदा त्यसको पुर्तिको लागि अभियान चलाईएको विद्यालय स्रोतले जनाएको छ ।
सिर्जना खड्का बाट ५५,५५५ सहयोग
मालिका गाउँपलालिका ८ स्थायी घर भई हाल बुटवल बस्दै आएकी सिर्जना खड्का बाट विद्यालयलाई पहिलो सहयोग प्राप्त भएको छ । कृषि विकास बैक बुटवलमा कार्यरत रहेकी खड्काले आफ्ना स्वर्गीय श्रीमान कृष्ण खड्काको सम्झनामा विद्यालयलाई ५५ हजार ५५५ सहयोग गरेकि हुन ।
मर्भुङ्ग दघासमा हुने हरेक सामाजिक गतिविधिमा सिर्जना खड्काको अमुल्य सहयोग रहदै आएको छ । मठ मन्दिर देखि क्लब संघ सस्थालाई उनले सहयोग गर्ने गरेकी छन् ।
थानपती निमावीमै अघिल्लो वर्ष सासू ससुरा र श्रीमानको सम्झनामा दुई लाख बराबरको स्वर्गीय प्रेम- उमा- कृष्ण खड्का अक्षय कोष स्थापन गरि गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने गरेकी छन् ।
सहयोग प्रदान गरेपछि खड्काले भनिन् “विद्यालयले सुरु गरेको अभियान राम्रो छ । अहिले गुणस्तरीय शिक्षाको लागि बसाइँसराइ बढ्दो छ गाउँमै गुणस्तरीय शिक्षा प्रदान गर्ने विद्यालयको महान अभियानलाई महिले थोरै सहयोग गरेकी हु´´ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।