गुल्मी प्रशासनमा सेवाग्राहीको चाप बढ्यो

0 4

सूर्य सुनार
कार्तिक ७,
गुल्मी जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको भीड बढेको छ । दशै तिहारपछि प्रशासन कार्यालयमा नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र बनाउनेको चाप बढेको हो ।
चाडपर्व मनाउन घर आएकाहरुले त्यही मौका पारेर सरकारी कार्यालयबाट सेवा लिने भएकाले प्रशासन कार्यालयमा सेवाग्राहीको अत्याधिक भीड बढेको हो । भीड बढेपछि व्यवस्थापन गर्न थप समस्या भएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।


प्रशासन कार्यालयमा सेवाग्राहीको भीड बढेपछि बिहान १० बजेदेखी राती ९ बजेसम्म अतिरिक्त समयमा नागरिकलाई सेवा दिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताउनुभयो । दशैपछि प्रशासन कार्यालयमा दिनमा नयाँ नागरिकता १६०, प्रतिलिपी ७०, राहदानी सिफारिस १००, राहदानी वितरण ९३, राष्ट्रिय परिचयपत्र १५९ र राष्ट्रिय परिचय पत्रकार्ड वितरण ९५ हुने गरेको सहायक प्रमुख जिल्ला अधिकारी गैरेले बताउनुभयो ।


जिल्ला प्रशासन कार्यालय गुल्मीमा आएका सेवाग्रहीले लाइनमा बस्नुपर्ने, काम छिटो नभएको मुसिकोट नगरपालिका ७ का प्रकाश काफ्लेको गुनासो राख्नुभयो । त्यस्तै प्रशासन कार्यालयमा नागरिकता बनाउन आउनुभएका मुसिकोट नगरपालिका ७ का हिमाल लामिछानेले लाइन व्यवस्थापन नभएको समस्या राख्नुभयो । जसले गर्दा सेवाप्रवाहमा सेवाग्राहीलाई निकै समस्या भएको उहाँको भनाई थियो ।
प्रशासन कार्यालयमा महिला पुरुष सबैको लाइन एउटै हुँदा सेवाग्रहीले निकै सकसपूर्ण अवस्थामा सेवा लिनु परेको सेवाग्रहीको गुनासो रहेको छ । प्रशासन कार्यालयले भीड व्यवस्थापन गर्न टोकन प्राणाली सुरु गरेको छ । त्यसले गर्दा पनि केहिहदसम्म सेवाग्राहीलाई समेत सहज भएको छ । प्रशासनले राहदानी राष्ट्रिय परिचयपत्र मा टोकन प्रणाली लागु गरेको छ ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।