गुल्मीका अग्नी पीडितले पाएनन राहत

0 20

गुल्मी जिल्लामा आगोलागीबाट घर बिहिन भएका नागरिकको लागि आवास निर्माण भएको छ । आवास निर्माण भएपनि सरकारबाट पाउनुपर्ने रकम निकासा नहुँदा अग्नी पीडित थप समस्यामा छन् ।

गुल्मी जिल्लाको इस्मा गाउँपालिकाको वडानम्बर–२ सिदुङखामा गत वैशाख ८ गते सामुदायिक वनबाट लागेको आगो बस्तीमा पुग्दा धेरै क्षति इस्मामा भएको थियो । आगोलागिबाट घरवास गुमाएका नागरिकको लागि आवास निर्माणको काम सकिएको छ । तर घर बनाएको ऋण तिर्न नसक्दा अग्नी पीडितलाई थप समस्या निम्त्याएको छ । सरकारले तोके अनुसार घर निर्माण गरेको र विभिन्न चरणमा किस्ता रकम पाइन्छ भन्ने सुनेपनि अहिलेसम्म पनि घर निर्माणको पैसा तिर्न नसक्दा धेरै समस्या हुने गरेको अग्नी पीडितको दुखेसो छ ।

आगलागीबाट सिदुङखामा २६ वटा घरगोठ जलेर नष्ट भएका थिए । दर्जनौ पशुचौपाय पनि जलेर नष्ट भएका थिए । आगोलागी पीडित परिवारले आवास निर्माणका लागि ५ लाख पाउने व्यवस्था रहेको थियो । त्यसमध्ये इस्मा पालिकाले १ लाख अन्य ४ लाख प्रदेश र संघ सरकारले उपलब्ध निर्णय भएको थियो । इस्मा गाउँपालिकाले १ लाख रुपैयाँ दिएपनि अरु ४ लाख रुपैयाँ अग्नी पीडितले पाएका छैनन् । आगोलागिबाट जिल्लाभर मध्ये धेरै क्षती इस्मा गाउँपालिकामा भएको थियो । इस्मा गाउँपालिकाकका विभिन्न वडाहरुमा आगोलागीबाट ४९ घर गोठ जलेर नष्ट भएका थिए । पालिकामा अहिले घर बिहिन भएका नागरिकको घर निर्माण गरेका छन् । सरकारबाट पाउनुपर्ने रकम नपाउदा नागरिकलाई समस्या हुँदै आएको इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले बताए ।

ad

जिल्ला भर रहेका अग्नी पीडितहरुले आवास निर्माण गर्नका लागि जिल्ला विपद् व्यवस्थापन समितिबाट लाभग्रही कायम गरेर रकम निकासाका लागि माग गरिएको छ । तर हालसम्म रकम निकासा नभएकाले समयमै भुक्तानी गर्न नसकिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
जिल्लामा गतएको वैशाख महिना सहित सुख्खा सिजनमा आगोलागीका कारणले १६९ घर गोठ जलेर नष्ट भएका थिए । १०० बढी पशुचौपाय जलेर नष्ट थिए । जिल्ला भर २ हजार बढी हेक्टर क्षेत्रफल वनमा डढेलो लागेको थियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।