गुल्मीमा किसानको घरदैलोमै पुगेर पशु विशेषज्ञ सेवा

0 10

सूर्य सुनार
मंशिर २४, गुल्मी
गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकामा पशु स्वास्थ्य शिविर संचालन गरिएको छ । धुर्कोट गाउँपालिकाको सहयोगमा हेफर प्रोजेक्ट नेपालको सझेदारीमा घरदैलोमै पुगेर स्वास्थ्य अभिमुखिकरण सेवा दिएको हो ।
शिविरबाट किसानहरुलाई पशुहरुमा लाग्ने रोगहरुको बारेमा जानकारी दिएको र पशुरोगबाट बच्ने उपायबारे परामर्स प्रदान गरिएको हेफर प्रोजेक्ट नेपाल परियोजना संयोजक भरत भणडारी जानकारी दिनुभयो ।


व्यवसायिक पशु फार्महरुमा स्थलगत गएर पुश विज्ञ प्राविधिकद्धारा विज्ञ सेवा दिने उदेश्यका साथ पशु स्वास्थ्य शिबिर सुरु गरिएको गाउँपालिका अध्यक्ष भुपाल प्रोखरेलले बताउनुभयो
धुर्कोट गाउँपालिका भित्र रहेका कृषकको घरघरमै पुगेर पशुमा लागेको रोग थाहा पाउने र त्यसको उपचारको बारेमा कृषकलाई जानकारी गराइने पशु चिकित्सक डा. लेखनाथ अधिकारीले बताउनुभयो ।


धुर्कोट गाउँपालिका वडा नम्बर ५ मा आभिषकार कृषि फार्म संचालन गर्दै आउनुभएको रविन्द्र घिमिरेले स्थानीय सरकारले पशु प्राविधिक सहित घरदैलोमै आएर विज्ञ सेवा पाउँदा निकै खुशी भएको बताउनुभयो । त्यस्तै आर्को धुर्कोट गाउँपालिका ५ का चुडामणी भण्डारीले पनि पशुमा लाग्ने रोग र उपचारको बारेमा थाहा पाउँदा आफूले धेरै ज्ञान सिकेको बताउनुभयो ।
धुर्कोट गाउँपालिका भित्रका ४८ फर्ममा पशु चिकित्सक पुगेर सेवा दिने छन् । शिबिर ३ दिन सम्म चल्ने छ ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।