पृथ्वी माध्यामिक विद्यालयको ६८ औँ वार्षिकोत्सव सम्पन्न

0 55

सूर्य सुनार

मंशिर २५, गुल्मी

पृथ्वी माध्यामिक विद्यालयको ६८ औँ बार्षिकोत्सव कार्यक्रम विबिध कार्यक्रम गरि सम्पन्न गरेको छ । जिल्लाको मुसिकोट नगरपालिका ३ मैदानमा रहेको पृथ्वी माध्यामिक विद्यालयले विविध कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको हो ।

ad

विद्यालयले विद्यार्थीहरु बिच आन्तरिक प्रतिस्पर्धात्मक कार्यक्रम र शिक्षकहरुलाई सम्मान कार्यक्रम, वार्षिकोत्सवको अवसरमा प्रतियोगितामा विजयी हासिल गर्ने विद्यार्थीलाई पुरस्कार वितरण, गरिब, जेहेनदार बिद्यार्थीलाई छात्रबृत्ति वितरण गरिएको विद्यालयका प्रधानाध्यापक टिका बहादुर धर्ती मगरले जानकारी दिनुभयो । विद्यालयको वार्षिकोत्सवको अवसरमा विद्यालयमा १० वर्ष सम्म प्रअ भएर काम गर्नुभएका पूर्वप्रअ चन्द्रबहादुर पाण्डेलाई सम्मान समेत गरिएको थियो ।

विद्यालयका पूर्वप्रधानाध्यपक चन्द्रबहादुर पाण्डेले विद्यालयको शौक्षिक, भौतिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालय संचालनमा सहयोग गर्ने सबैमा धन्यबाद दिनुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि मुसिकोट नगरपालिका प्रमुख जीवलाल खरेलले विद्यालयको ६८ औँ वार्षिकोत्सव अवसरमाको शुभकामना व्यक्त गर्दै शौक्षिक क्षेत्रमा विद्यालयले राम्रो प्रगति गरेको बताउनुभयो । गुणस्तरिय शिक्षा आज आवश्यकता रहेको हुँदा यस तर्फ सबैको ध्यान जानुपर्ने बताउनुभयो । उहाँले कार्यक्रम बोल्दै नगरपालिकाले नगरभित्र शैक्षिक सुधार र गुणस्तरीय बनाउन आवश्यक कार्ययोजना तय गरेको समेत बताउनुभयो ।

कार्यक्रममा मुसिकोट नगरपालिका शिक्षा युवा तथा खेलकुद प्रमुख प्रकाश नेपाली वडा नम्बर ४ का वडाध्यक्ष जुद्धबहादुर छन्तेल, राजनितिक दलका प्रतिनिधि, विभिन्न कार्यालयका प्रमुख, समाजसेवी, अभिभावक र विद्यार्थीहरुको उपस्थित रहेको थियो ।

अन्तर सदनात्मक छात्र भलिबल प्रतियोगिता, नृत्य प्रतियोगिता, हाईजम्प प्रतियोगिता ,लंगजम्प प्रतियोगिता, गायन प्रतियोगिता लगायतका कार्यक्रम गरिएको हो । कार्यक्रममा अतिरिक्त क्रियाकलाप अन्तर्गत नृत्य, खेलकुद प्रतियोगितामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

विद्यालयमा अध्ययनरत साना साना विद्यार्थीहरुले तयार गरेका सांगीतिक प्रस्तुतिहरुले दर्शकहरु लाई थप मनोरञ्जन प्रदान गरेको थियो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष सरस्वती घिमिरेको अध्यक्षता रहेको कार्यक्रमको स्वागत मन्त्वय विद्यालयका प्र.अ. टिका धर्ती मगरले गर्नुभएको थियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।