गुल्मीको छत्रकोटमा जिपलाइन निर्माण

0 54

अनिल खत्री
पुस १०, गुल्मी
गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाले जिपलाइन निर्माण गरेको छ । पालिकाले पर्यटकीय गनतव्य बनाउने उदेश्यले छत्रकोट देवालय मन्दिरबाट देवी भगवती मन्दिरसम्म पुग्ने गरि जिपलाइन निर्माण गरेको हो ।

गुलमी जिल्लाको छत्रकोट गाउँपालिकाले ‘रुरु रेसुङ्गाको धार्मिक आस छत्रकोटमा बसौं वास’ भन्ने नीति नै बनाएर पर्यटकीय गनतव्य निर्माण कार्यलाई तिब्र अगाडी बढाएको छ । गाउँपालिकाको वडानम्बर–३ को छत्रकोट देवालय मन्दिर भगवती मन्दिर–लुम्छा जिपलाइन निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । पालिकाले पर्यटन प्रवद्र्धन गर्न पालिका भित्र संरचना निर्माणसँगै धार्मिक, साँस्कृतिक र पुरातात्विक महत्वका धार्मिक तथा पर्यटकीय स्थलको संरक्षण, संवद्र्धन र प्रचारप्रसार गरेर आन्तिरिक पर्यटनलाई थप प्रभावकारी बनाउने गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनुभयो ।

ad

अघिल्लो आर्थिक वर्षबाट निर्माण सुरु भएको जिपलाइन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । १ हजार ८० मिटर लम्बाई रहेको जिपलाइनको ६७ मिटरको उचाइ रहेको छ । जिपलाइनमा औषत १५ देखि २० मिटर प्रतिसेकेन्डमा तौल अनुसारको गति रहेको छ । सुरु स्टेशन देखि ल्याडिन्ङ हुने स्टेशनसम्म पुग्न अधित्तम ५५ देखि ७७ सेकेन्ड समय लाग्ने अनुमान रहेको छ । ८६ लाख ७३ हजार १ सय ४४ रुपैयाँ लागत रहेको छ । लुम्बिनी प्रदेश सरकार र छत्रकोट गाउँपालिकाको समपुरक बजेटमा सानु सेती देवी कन्ट्रक्सन प्रालिले निर्माण गरेको हो ।

जिपलाइन चढनको लागि गाउँपालिका वासीहरुको लागि ४ सय रुपैयाँ, विद्यार्थीहरुको लागि ३ सय रुपैया, पालिका बाहिरका नागरिकको लागि ५ सय रुपैया र विदेशी नागरिकको लागि १ हजार ५ सय रुपैया शुल्क निर्धारण गरिएको छ । पालिकाले निर्माण गरेको जिपलाइनको सम्पूर्ण तयारी पुरा गरेर शुक्रवारबाट सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।