गुल्मीको रुद्रवती बहुमुखी क्याम्पसमा तालाबन्दी

0 588

सूर्य सुनार

पुस ११, गुल्मी । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियू गुल्मीले रुद्रवती बहुमुखी क्याम्पसमा तालाबन्दी गरेको छ । जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर–७ स्थित रुद्रवती बहुमुखी क्याम्पसका प्रमुख कृष्ण प्रसाद सापकोटाले क्याम्पसमा अध्ययनरत छात्रा माथि गरेकोे यौन दुव्र्यवहार भएको तर पीडितले न्याय नपाएको भन्दै तालाबन्दी गरेको हो ।

क्याम्पस प्रमुख जस्तो गरिमामय पदमा बसेको व्यक्तिले आफ्नै छोरा–छोरी समान विद्यार्थी माथि गरिएको यस किसिमको दुरव्यवहारले हामी सबै विद्यार्थी माथि अपमानित र हिनताबोध गराएको भन्दै ताला बन्दी गरेको नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन गुल्मीका अध्यक्ष आशिष गौतमले बताए । घटनाको अनेरास्ववियु जिल्ला कमिटी गुल्मी घोर निन्दा एवं भ्रत्सना गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन गुल्मीका अध्यक्ष आशिष गौतमले हस्तक्षर गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

ad

साथै पीडित छात्राले न्यायको निम्ति जिल्ला प्रहरी कार्यालयमा उजुरी दिंदा प्रहरीले आरोपित व्यक्ति माथि कानून वमोजिम छानबिन गरी कारवाही गर्नुको साटो यौन दुव्यवहारको उजुरीलाई अभद्र व्यवहारमा विषयान्तर गरी पीडित छात्रा माथि थप पीडा दिइएको घटनाप्रति अनेरास्ववियु जिल्ला कमिटी गुल्मी गम्भीर असहमति जाहेर गरेको बिज्ञप्तीमा उल्लेख छ । क्याम्पस प्रमुख कृष्ण प्रसाद सापकोटाले नैतिकताका आधारमा तत्काल राजिनामा गर्न जोडदार माग गरेको छ । यस घटनाका दोषी क्याम्पस प्रमुखले राजिनामा नदिएसम्म क्याम्पस प्रमुखको कार्यकक्ष अनिश्चित कालका लागि बन्द गर्ने घोषणा समेत गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । कानून वमोजिम कारबाहीको निम्ति सरोकार निकायसँग जोडदार माग गर्दै अन्यथा घटनावाट उत्पन्न हुने जस्तो सुकै परिणामको जिम्मेवार क्याम्पस प्रशासन र सम्बन्धित निकाय हुने चेतावनी दिएको छ । पीडित विद्यार्थीले आफुलाई निरन्तर चार बर्षदेखि क्याम्पस प्रमुखले यौन आशयले संवेदनशिल अंगहरु छुने, अश्लिल शब्दहरु बोल्ने गरेको उजुरीमा उल्लेख गर्नुभएको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।