गुल्मीको मालिका गाउँपालिकामा अतिथि गृह निर्माण सम्पन्न

0 216

महेश बोहरा, माघ ०२ गुल्मी ।

गुल्मी जिल्लाको मालिका गाउँपालिकामा जिल्लामै पहिलो पटक अतिथि गृह निर्माण भएको छ । करिब रु ८० लाखको लागतमा अतिथि गृह निर्माण भएको हो । वडा नम्बर ४ गाउँपालिकाको केन्द्र अर्खबाङ्गमा ९ कोठाको सहितको अतिथि गृह निर्माण गरेको मालिका गाउँपालिकाले जनाएको छ ।

मालिका गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित अतिथि गृह करिब ३ रोपनी क्षेत्रफलमा फैलिएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी अतिथि गृहको उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले उक्त भवनको उद्घाटन गर्नुभएको हो । मन्त्री धनेन्द्र कार्कीले मालिका गाउँपालिकाले भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, वातावरण, सामाजिक लगायत सबै क्षेत्रमा प्रभावकारी काम गरेका दाबी गर्नुभयो । उहाँले विकासका काममा कसैले पनि राजनिती गर्ननहुने बताउनुभयो ।

ad

मालिका गाउँपालिकाका अध्यक्ष देविराम अर्यालले अतिथि गृह निर्माण भए पछि गाउँपालिकामा आउने अतिथिहरुलाई राख्न सजिलो हुने बताउनुभयो । उहाँले मालिका गाउँपालिकामा पहिलेको अवस्थामा राम्रो होटलहरुको अभावमा अतिथि गृह निर्माण गर्नुपरेको बताउनुभयो ।

छिमेकी गाउँपालिका धुर्कोट उपाध्यक्ष सीता गिरीले मालिका गाउँपालिकाले निर्माण गरेको अतिथि गृहबाट आफुहरु पनि निर्माण गर्नुपर्छ भन्ने तर्फ लागेको बताउनुभयो । उहाँले मालिका गाउँपालिकाले जस्तै अन्य छिमेकी गाउँपालिकाहरुले समेत अनुभव आदानप्रदान गर्ने सके विकास निर्माण एकरुपता आउन सक्ने बताउनुभयो ।

उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीको प्रमुख आतित्यता, लुम्बनी प्रदेश योजना आयोगका उपाध्यक्ष डिल्लीराज अर्यालको विशिष्ट आतित्यता रहेको थियो । यस्तै कार्यक्रममा छिमेकी गाउँपालिका धुर्कोटका अध्यक्ष भुपाल पोखरेल, मालिका गाउँपालिका उपाध्यक्ष उपेन्द्र अर्याल, धुर्कोट गाउँपालिका उपाध्यक्ष सीता गिरी लगायतको सहभागीता रहेको थियो । मालिका गाउँपालिका अध्यक्ष देविराम अर्यालको अध्यक्षता रहेको कार्यक्रमको संचालन स्वास्थ्य शाखा प्रमुख वसन्तराज भुुसालले गर्नुभएको थियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।