माओवादी केन्द्र धुर्कोटको अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन

0 40

गुल्मी , माघ – ६ । नेकपा माओवादी केन्द्र गुल्मीको धुर्कोट गाउँ कमिटी तेस्रो अधिवेशनले सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको छ ।

अध्यक्षमा पुन दोस्रो पटक चेतमान कुवर सर्वसम्मत चयन भएका छ्न । त्यस्तै उपाध्यक्षमा राजन पोखरेल , बिष्णु सुनार , टिकाराम बिश्वकर्मा र तारा खनाल सर्वसम्मत चयन भएका छन ।

सचिबमा कोष बहादुर थापा , सहसचिबमा क्रमशः कृष्ण अधिकारी , शान्ता पाण्डे सरस्वती गैरे भण्डारी र कोषाध्यक्ष रमिला पुरी सर्वसम्मत निर्वाचित भएका छ्न ।

ad

पदाधिकारी सहित ४५ धुर्कोट गाउँ कमिटी गठन भएको नवनिर्वाचित उपाध्यक्ष राजन पोख्रेलले जानकारी दिए ।

हिजो अधिवेशनको केन्द्रिय उपाध्यक्ष तथा पुर्व मन्त्री पम्फा भुसालले उद्घाटन गरेकी थिईन ।

अधिवेशनमा केन्द्रिय सदस्य निम बहादुर पाण्डे , बिरबहादुर कार्की , लुम्बिनी प्रदेश सचिबालय सदस्य बुद्धि जिसि , जिल्ला पार्टी संयोजक तेजेन्द्र सलामी , लुम्बिनी प्रदेश सदस्य भुपाल पोख्रेल लगायतले सम्बोधन गरेका थिए ।

जिल्लाका १२ पालिका मध्ये गुल्मी दरबारमा पहिलो र धुर्कोटमा दोस्रो गाउँ कमिटी अधिवेशन सम्पन्न भएको सो पार्टीले जनाएको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।