बृहत्तर पार्टीको संलग्नतामा संबिधान संशोधन हुन्छ – एमाले उपमहासचिव  ज्ञवाली

0 29

तिलाचन पाण्डे
माघ १५ गते । नेपाल कम्युनिष्ट पार्टी एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बृहत्तर पार्टीको संलग्नतामा संबिधान संशोधन हुने बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल गुल्मीले सदरमुकाम तम्घासमा मङगलबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
धेरै भन्दा धेरै पार्टीहरुको संलग्नतामा संविधान संशोधन हुने बताउँदै उहाँले दुई ठूला दलको एक संयन्त्र बनाएर काम अगाडि बढाउने उहाँले दाबी गर्नुभएको छ ।
१० वर्षे संबिधानको कार्यन्वयनको अवस्थामा आएका समस्याहरुलाई समिक्षा गर्दै अगाडि बढ्ने उहाँको भनाइ छ ।

अर्को एक फरक प्रसंगमा ज्ञवालीले सहकारी प्रकरणमा मुछिएका जो कोहीलाई पनि नछाड्ने बताउनुभएको छ । सहकारीमा सत्ता पक्ष वा प्रतिपक्ष जो भए पनि गल्ती गर्ने जो कोहीलाई पनि नछाड्ने उहाँको भनाइ छ । दोषीमा संंलग्न जो भएपनि कानुनी दायरामा ल्याएरै छाड्ने गरी सरकारले काम गरिरहेको बताउनुभयो ।
वर्तमान सरकार देशमा चरम निरासालाई चिर्नका लागि र राजनीतिक स्थायीत्व कायम गर्नका लागि बनेको बताउँदै अस्थिरताको राजनीति गर्नेहरु छटपटाइ रहेको उहाँको भनाइ छ ।
यस्तै ज्ञवालीले अहिलेको सरकार प्रधानमन्त्रीको लिस्टमा नाम राख्नका लागि मात्रै नभएको बताउँदै काम गरेर देखाउनका लागि बनेको बताउनुभयो । वर्तमान सरकार गठन भएपश्चात देशको आर्थिक अवस्था लयमा आएको दावी गर्नुभयो । यसका साथै विकासले पनि गति लिएकाले केही भएन भनेर निरासाको खेती गर्नेहरु सक्रिय रहेको उहाँले बताउनुभयो । ७७ वटै जिल्ला सडक सञ्जालले जोडिएकाले बिस्तारै विकासले लय लिदैँ गएको उहाँको भनाइ छ ।

पछिल्लो समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले लगाएको आर्थिक सहयोगको रोकको प्रभाव नेपालमा पनि पर्ने उहाँले बताउनुभयो । त्यती ठुलो प्रभाव नपरेपनि मातृ शिशु सहयोग सम्बन्धी कार्यक्रम र आप्रवासी निकालाले नेपालीलाई पनि प्रभाव पर्ने उहाँको भनाइ छ ।
अमेरिका र चिनको ब्यापार युद्धको प्रभाव नेपालमा पनि पर्ने भएकाले परराष्ट्र नीतिमा नेपालले सन्तुलन कायम राख्ने गरी वर्तमान सरकारले काम गरिरहेको उहाँले बताउनुभयो ।
प्रेस चौतारी नेपाल गुल्मीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रदीप ज्ञवाली । तस्बिर ः तिलाचन पाण्डे

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।