विद्यालयमा व्यवहारिक ज्ञान संगै प्रविधिमैत्री शिक्षा आवश्यक – मन्त्री पन्थी

0 31

सूर्य सुनार
मघ २७, गुल्मी
लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले व्यवहारिक ज्ञान संगै प्रविधिमैत्री शिक्षा आवश्यक रहेको बताउनुभएको छ । आइतबार गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका ८ पिपलपाटामा स्थित जनता बालनिकेतन माध्यामिक विद्यालयको स्वर्णमहोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।

पछिल्लो समय सरकारले शिक्षा प्राणालीलाई सुधार गर्दै व्यवहारिक ज्ञान र प्रविधिमैत्री शिक्षामा जोड् दिएको हुँदा अबको शिक्षा भनेको प्राविधिमैत्री हुनुपर्ने बताउनुभएको हो । सरकारले गाउँघरमा विद्यार्थीहरुलाइ अध्ययन गर्न भौतिक संरचना बनाएको छ । तर संरचना निर्माण हुने पछिल्लो समय गाउँमा विद्यार्थी नहुने अवस्था सिर्जना भएको बताउनुभयो ।

बसाइसराइको प्रभाव विद्यालयमा परेको हुँदा समुदायका नागरिकले पनि विद्यालयको विकासको निम्ती सबैले सहयोग गर्न मन्त्री पन्थीले आग्रह गर्नुभएको थियो । विद्यालयको विकासको राजनितिक दल, समाजसेवी, बुद्धिजिवी वर्गको साथ चाहिले उहाँको भनाई थियो ।
लुम्बिनी प्रदेश सरकारको तर्फबाट विद्यालयमा आवश्यकताको आधारमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । पालिका र विद्यालयको समन्वयमा यस विद्यालयमा रहेको समस्यालाई समधान गर्ने बताउनुभयो ।
विद्यालयले विद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा दिन आग्रह समेत गर्नुभएको थियो ।

 

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।