राष्ट्रिय युवा संघ नेपाल गुल्मीको चौंथौ पूर्ण बैठकद्धारा महत्पूर्ण ६ निर्णय

0 37

सूर्य सुनार
माघ २९, गुल्मी
राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी गुल्मीको चौंथौ पूर्ण बैठकले महत्पूर्ण ६ निर्णय गरेको छ । सोमबार एमाले पार्टी कार्यालय तम्घासमा सम्पन्न भएको बैठकले निर्णय गरेको हो ।
पालिका कमिटीको बैठक फाल्गुन महिनाको पहिलो हप्ताभित्र सम्पन्न गर्ने , पालिका बैठकले वडा कमिटी गठन गर्ने ,प्रशिक्षण कार्यतालिका र साईवर सर्कल निर्माण गर्ने ,एक पालिका एक रचनात्मक कार्य अनिवार्य गर्ने ,पार्टीको ३ महिने वडा केन्द्रित विशेष अभियानमा जोडिने निर्णय गरेको छ ।


त्यस्तै युवा दिवसको अवसरमा जेष्ठ १ देखि ३ गतेसम्म जिल्ला स्तरीय मदन आश्रीत स्मृतिकप भलिबल प्रतियोगिता संचालन गर्ने ,वैशाख पहिलो हप्ता जिल्ला युवा भेला सम्पन्न गर्ने लगायतका निर्णय गरेको छ । साथै बैठकले जिल्ला कमिटी सदस्यमा मनोनित समेत गरेको राष्ट्रिय युवासंघ नेपाल जिल्ला कमिटी गुल्मीका अध्यक्ष कृष्ण आचार्यले जानकारी दिनुभयो ।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य जङ्ग नेपालीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा बिशिष्ट अतिथि नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष बालसिंह काउछा, विशेष अतिथि प्रेस चौतारी नेपालका पुर्वकेन्द्रीय अध्यक्ष राजेन्द्र अर्याल, राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीका सदस्य कपुर घिमिरे , राष्ट्रिय युवा संघ प्रदेश कमिटीका सचिब सन्तोस वलि ,प्रदेश कमिटीका कोषाध्यक्ष डेन्जिङ रायमाझी लगायतको सहभागिता रहेको बैठकले विभिन्न निर्णय गरेको हो ।

ad

बैठकले जिल्ला कमिटी सदस्यमा ईश्वर बि.क ,हेमा रजाली, त्रीदेव कार्की ,पुस्पा खनाल अर्याल ,मनोज बि.क, बोम बहादुर गुरुङ, लक्ष्मी पोखरेल, ज्योति गाह मगर ,मालिकाबाट टेकहरी अधिकारी लगायतलाई मनोनीत गरेको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।