मुसिकोट नगरपालिका स्वास्थ्यको क्षेत्रमा अब्बल, नागरिकको घर दैलोमा सेवा

0 179

सूर्य सुनार
फागुन ९, गुल्मी गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाले भौतिक विकास संगै नागरिकको स्वास्थ्यलाई ख्याल गरी नागरिकको घर दैलोमै पुगेर सेवा प्रवाह गरेको छ । नगरपालिकाले स्वास्थ्यको क्षेत्रमा जिल्लामै फरक र रचानात्मक काम गरेको छ ।
कुनै समय मुसिकोट नगरपालिकाका नागरिक बिरामी पर्दा चेक गर्न वामीटक्सार जानुपथ्यो । वामी पनि नभए जिल्ला सदरमुकाम धाउनुपथ्यो । तर पछिल्लो समय भने संघियता आएसंगै नागरिकको घर दैलोमै सेवा पुग्न थालेका छन् ।
मुसिकोट नगरपालिकामा कुनै पनि ल्याव सेन्टर नरहेकोमा नगरपालिकाले ३ वटा ल्याब सेन्टर स्थापना गरि सेवा प्रवाह गरेको छ । कुनै वेला रगत जाँच गर्न सदरमुकाम जानुपथ्यो । तर नगरपालिकाले स्वास्थ्य चौकीमा ल्याव सेन्टर राख्दा तम्घास जानुपर्ने बाध्यताको अन्त्य भएको मुसिकोट नगरपालिका ३ निवासी स्थानीय गोपाल विश्वकर्माले बताउनुभयो ।
खकार जाँच, कोल्ड स्टोर जाँच, एचआइभी जाँच, दिशा पिसाब जाँच, युरिक एसिड जाँच लगायतका सेवा गाउँमै नागरिकले पाएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले भेग मिलाएर वामीटक्सार स्वास्थ्य चौकी, बडागाउँ स्वास्थ्य चौकी र कुर्घा स्वास्थ्य चौकीमा ल्याब सेन्टरको स्थापना गरि नागरिकलाई सेवा दिएको स्वास्थ्य शाखा प्रमुख डिबी जिसीले जानकारी दिनुभयो ।


नियमित गर्भ जाँच गरि स्वास्थ्य संस्थामा प्रसुती हुने महिलाहरुका लागि गर्भवतीसंग उपप्रमुख कार्यक्रम अन्र्तगत गर्भवती महिलाहरुको लागि सुत्केरी पोषण वापत गत वर्षमा २०३ जनाले पाँच हजारका दरले उपलध्ध गराएको छ । गर्भवती तथा सुत्केरी अवस्थामा आकस्मिक रुपमा जटिलता भएमा प्रेषण हुने अस्पतालसम्म पुग्नको लागि निःशुल्क एम्बुलेन्स सेवा संचालन गरेको मुसिकोट नगरपालिकाका प्रमुख जीवलाल खरेल जीवनले बताउनुभयो ।
नगरपालिका स्थापना हुनुपुर्व ७ वटा स्वास्थ्य चौकी र २ वटा सामुदायिक स्वास्थ्य ईकाइ रहेकोमा क्रमश सबै जनताको पहुँचमा स्वास्थ्य सेवा विस्तार गर्ने उदेश्यले ३ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र थप गरिएको नगरप्रमुख खरेलले बताउनुभयो ।


नगरपालिकाले भौतिक विकाससंगै नागरिकको स्वास्थ्यको क्षेत्रमा काम गरिरहेको बताउनुभयो । नगरपालिकाको स्वास्थ्य सेवालाई थप प्रभाकारी ढङ्गले अगाडी बढाउन सबै नागरिकको साथ आवश्यक पर्ने हुँदा सुझाव सल्लाह दिन समेत आग्रह गर्नुभयो ।
नियमित रुपमा नगरपालिकाका ३ वटा स्वास्थ्य संस्थाबाट गर्भवती महिलाहरुको लागि निःशुल्क अल्ट्रासाउण्ड (भिडियो एक्स रे) सेवा संचालनमा आएको प्रमुख प्रशासकिय अधिकृत चेतनाथ गिरीले बताउनुभयो । स्वास्थ्य संस्थाहरुको सेवालाई गुणस्तरीय बनाउन स्वास्थ्य संस्थाको न्यूनतम सेवा मापदण्ड मूल्याङ्कन गर्ने गरिएको प्रमुख प्रशासकिय अधिकृत गिरीले बताउनुभयो ।

 

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।