अनिल खत्री
फागुन १५, गुल्मी
गुल्मी जिल्ला सदरमुकाम तम्घासमा ४३ औं मगर दिवसको अवसरमा तम्घास बजारमा सडकमै खाना महोत्सवको अयोजना गरेर मनाइएको छ । नेपाल मगर महिला संघ गुल्मीको अयोजना र मगर विद्यार्थी संघको सह–आयोजना गरेर दिवस मनाइएको हो ।
दिवसको अवसर पारेर वभिन्न साँस्कृति प्रस्तुति सहित तम्घास बजारमा ¥याली रमेत गरेका थिए । तम्घासको चिदिचौर परिसर सडकमा खाना महोत्सव प्रर्दशन गरिएको हो । स्थानिय जनजातिहरुको रैथाने खानाको स्वादहरुलाई आम जनतामा पस्कन तथा खाना पर्यटनलाई प्रवद्र्धन गर्नका लागि खाना महोत्सव आयोजना गरिएको स्थानीय निरञ्जन थापाले बताउनुुभयो ।
महोत्सवमा मगर जातिको विभिन्न खानाको परिकार प्रर्दशन गरिएको थियो । महोत्सवमा विभिन्न संस्कृति झल्कीने भेषभुसा सहित सांस्कृतिक बाजा, नाच, तथा झाँकीहरु प्रर्दशनी गरिएको । महोत्सवमा विभिन्न लोपोन्मुख खाना तथा खाजाका परिकारको स्टल राखिएको मञ्जु भलामीले बताउनुभयो ।
जिल्ला सदरमुकाम तम्घासमा केहि वर्ष यता मगर एकता दिवसको अवसरमा विभिन्न खाले कार्यक्रमहरु हुँदै आएका छन् । दिवसको अवसर पारेर जिल्लाका ७ वटा स्थानीय सरकारले आज सार्वजनिक बिदा समेत दिएका छन् । ती पालिकाहरुमा मगर समुदायकचो बहुल्यता रहेकाले कला, संस्कृतिको संरक्षणका निम्ति बिदा दिइएको गाउँपालिकाले जनाएका छन् ।