गुल्मीमा निःशुल्क स्वास्थ्य शिविरबाट ५२५ जना लाभाम्वित

0 116

सूर्य सुनार
फागुन १७, गुल्मी
गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा रोटरी क्लब अफ रेसुङ्गा गुल्मीले निःशुल्क एक दिने स्वास्थ्य शिविर संचालन सम्पन्न गरेको छ । निःशुल्क स्वास्थ्य शिविरबाट ५२५ जना नागरिक लाभाम्वित भएका छन् ।
शनिबार महेन्द्र नमूना माध्यमिक विद्यालयमा रोटरी क्लब अफ रेसुङ्गा गुल्मीको प्रमुख आयोजना तथा गौतम बुद्ध सामुदायिक मुटु अस्पताल बुटवलको विशेषज्ञ टोलीको प्राविधिक सहयोगमा शिविरबाट नागरिकले सेवा लिएका हुन् ।
शिविरमा विशेषज्ञ डाक्टरबाट मुटु रोग तथा मृगौला रोग सहित विभिन्न रोगहरूको जाँच तथा उपचार सेवा प्रदान गरि सबै प्रकारका औषधि निःशुल्क वितरण गरिएको छ । जनरल फिजिसियन डाक्टरबाट सबै प्रकारका रोगहरूको चेक जाँच गरि नागरिकले लाभ लिएका छन् । इको, इसिजी तथा अन्य आवश्यक ल्याब परीक्षणहरू निःशुल्क परीक्षण भएको छ ।
मुटु जाँच गर्न पाल्पा, वुटबल जानुपर्ने बाध्यता थियो । रोटरी क्लब अफ रेसुङ्गा गुल्मीको आयोजनामा जिल्लामै स्वास्थ्य जाँच गर्न पाउँदा निकै खुशी लागेको रेसुङ्गा नगरपालिका १ स्थानीय उमकला पन्थीले बताउनुभयो ।


त्यस्तै रेसुङ्गा नगरपालिका वडा नम्बर ८ निवासी स्थानीय गोमा खत्रीले आफ्नै घर दैलोमा आएर विशेषज्ञ डाक्टरबाट सेवा लिन पाउँदा खुशी लागेको बताउनुभयो । समय संगै पैसाको समेत बचत भएको उहाँले बताउनुभयो ।


रोटरी क्लब अफ रेसुङ्गा गुल्मीका अध्यक्ष हरिकुमार श्रेष्ठले जिल्लामा रहेका बासिन्दालाई मुटु रोगको उपचारका लागि जिल्लाबाहिर जानुपर्ने बाध्यताको अन्त्य गर्न शिविर सञ्चालन गरिएको बताउनुभयो । मुटु रोग, मिगौला रोग र सुगरका बिरामीले गरि शिविरबाट ५२५ जना लाभावित भएको उहाँले बताउनुभयो ।
साथै रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले क्लबले प्रशंसा गर्नुभएको थियो । जिल्लामा स्थापना भएको छोटो समयमै थुप्रै विपद्मा राहत, उद्धार लगायतका कार्यहरुमा अग्रणी संस्थाका रुपमा आफुलाई स्थापित गरेको छ ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।