चन्द्रकोट ८ किसिकोटमा सर्फ र हार्पिक बनाउने ५ दिने तालिम सुरु

तालिम चन्द्रकोट ८ तुराङ्ग किसिकोटमा ५ दिनसम्म सन्चालन  हुनेछ ।  जसमा सहभागीहरूले घरमै बनाइने सर्फ र हार्पिक उत्पादनका सीप सिक्नेछन्।

0 170

महेश बोहरा चैत्र २२ गुल्मी ।।
गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर ८ किसिकोटमा  शुक्रवार  देखि एक तालिम सुरु भएको छ  । नेपाल सरकारको उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोग र चन्द्रकोट गाउँपालिका गुल्मीको समन्वयमा  गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत  सीप विकास तालिम आजदेखि सुरु भएको हो । यो तालिम स्थानीय समुदायका नागरिकगरुको  आर्थिक समृद्धि र उद्यमशीलता प्रवर्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको हो।
तालिम चन्द्रकोट ८ तुराङ्ग किसिकोटमा ५ दिनसम्म सन्चालन  हुनेछ ।  जसमा सहभागीहरूले घरमै बनाइने सर्फ र हार्पिक उत्पादनका सीप सिक्नेछन्। यस कार्यक्रमले स्थानीय स्तरमा सीप विकसीत गर्न र स्थानीय उद्यम स्थापना गरेर समुदायको आर्थिक अवस्थामा सुधार ल्याउने उद्देश्य राखेको छ।

आजको उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष एवं  उद्यम विकास समिति संयोजक युवराज केसीको अध्यक्षतामा सम्पन्न भएको हो । जुन कार्यक्रममा उहाँले स्थानीय उद्यमको विकास र आत्मनिर्भरता बढाउनका लागि यस प्रकारका तालिमहरुले महत्त्वपूर्ण  भुमिका खेल्ने बिश्वास व्यक्त गर्नु भयो ।

ad

कार्यक्रममा  गाउँपालिका उपाध्यक्ष विष्णुप्रसाद भण्डारी, प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेल, गाउँपालिका  प्रशासन शाखा प्रमुख शिव प्रसाद ज्ञवाली, वडा सदस्यहरू, प्रशिक्षकहरू र उद्यम विकास सहजकर्ताहरूको विशेष उपस्थिती रहेको थियो।
तालिममा २० जना स्थानीय युवाहरू र महिला सहभागिहरू रहेका छन्, जसले ५ दिनसम्म सर्फ र हार्पिक बनाउने प्रक्रियाबारे प्रशिक्षण प्राप्त गर्नेछन्।

यस तालिमको माध्यमबाट सहभागीहरूलाई व्यावसायिक सीप दिने र उनीहरूलाई आफ्नो स्वदेशी उत्पादन व्यवसाय सुरु गर्न प्रोत्साहित गर्ने उद्देश्य छ।

गाउँपालिका अध्यक्ष केसीले कार्यक्रमको उद्घाटन गर्दै भन्नुभयो, “यो तालिमले स्थानियलाई आत्मनिर्भर बनाउन मद्दत पुर्याउने मात्र होइन, यसले सस्तो र गुणस्तरीय घरेलु उत्पादनहरूलाई बजारमा प्रस्तुत गर्ने अवसर पनि सिर्जना गर्न सक्ने छ । यसका साथै, सर्फ र हार्पिक बनाउने सीपका माध्यमबाट स्थानीयस्तरमा बेरोजगारी घटाउने र आर्थिक वृद्धिमा योगदान पुर्याउने हाम्रो मुख्य उद्देश्य हो।”
तालिमको आयोजना र सञ्चालनमा चन्द्रकोट गाउँपालिकाका विभिन्न कर्मचारी र प्रशिक्षकहरू सक्रिय रूपमा लागेका छन । आगामी दिनहरूमा यस प्रकारका तालिमहरूको आयोजना गरिबी निवारण र आर्थिक विकासको लागि अझ प्रभावकारी हुने विश्वास गरिएको छ। किसिकोटका नागरिकहरु पनि यो तालिममा उत्साहका साथ सहभागी भएको वडासदस्य बाबुराम बोहराले बताउनु भयो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।