चन्द्रकोट गाउँपालिका तेस्रो अध्यक्ष कपको उपाधि चन्द्रकोट–८ तुराङलाई

फाइनल खेलमा चन्द्रकोट–८ तुराङले चन्द्रकोट–५ ग्वाघालाई पराजित गर्दै उपाधि आफ्नो पक्षमा पार्न सफल भएको हो। उपविजेता चन्द्रकोट–५ ग्वाघाले दोस्रो स्थान हासिल गर्दा तेस्रो स्थान बरेङ–३ बागलुङले प्राप्त गरेको छ।

0 344

महेश बोहरा, बैशाख १३ गुल्मी,

गुल्मीको चन्द्रकोट गाउँपालिकाले आयोजना गरेको तेस्रो अध्यक्ष कप अन्तरपालिका खुला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि चन्द्रकोट–८ तुराङले जितेको छ।
फाइनल खेलमा चन्द्रकोट–८ तुराङले चन्द्रकोट–५ ग्वाघालाई पराजित गर्दै उपाधि आफ्नो पक्षमा पार्न सफल भएको हो। उपविजेता चन्द्रकोट–५ ग्वाघाले दोस्रो स्थान हासिल गर्दा तेस्रो स्थान बरेङ–३ बागलुङले प्राप्त गरेको छ। प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने सम्पूर्ण खेलाडी तथा टोलीलाई चन्द्रकोट गाउँपालिकाले हार्दिक बधाई तथा धन्यवाद दिएको छ।

समापन समारोहमा लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री सुदर्शन बराल प्रमुख अतिथि रहनुभएको थियो। समारोहमा बोल्दै बरालले चन्द्रकोट क्षेत्रलाई खेल र खेलाडीप्रेमी क्षेत्रको रूपमा चिनाउनुभएको उल्लेख गर्नुभयो। उहाँले यस्ता प्रतियोगिताले युवामा सकारात्मक सोच विकास गर्ने, समाजमा एकता र गतिशीलता ल्याउने बताउनुभयो। साथै, चन्द्रकोट गाउँपालिकाले खेल क्षेत्रमा लगानी बढाइरहेको र भविष्यमा अझ ठूलो स्तरमा यस्ता कार्यक्रम आयोजना गर्नुपर्नेमा जोड दिनुभयो।

ad

यसअघि उद्घाटन समारोहमा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्री, बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा र उपाध्यक्ष भीमसेन वनले विशेष आतिथ्यता प्रदान गर्नुभएको थियो। उद्घाटन सत्रमा वक्ताहरूले खेलकुदले युवालाई अनुशासित, स्वास्थ्य र आत्मविश्वासी बनाउने भएकाले यस्ता प्रतियोगिता आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको थियो।
तेस्रो अध्यक्ष कप भलिबल प्रतियोगितामा चन्द्रकोट गाउँपालिका भित्रका १० टोलीसहित मुसिकोट नगरपालिकाका २ टोली, कालीगण्डकी गाउँपालिका, बरेङ गाउँपालिका र बडिगाड गाउँपालिकाका   गरी १६ टोलीले सहभागिता जनाएका थिए।
प्रतियोगितालाई सफल बनाउन पालिका भित्र र बाहिरका सम्पूर्ण खेलाडी, प्रशिक्षक, कर्मचारी, स्वयंसेवक र सुरक्षाकर्मीको अथक योगदान रहेको आयोजकले जनाएको छ।
चन्द्रकोट गाउँपालिकाले अध्यक्ष कप भलिबल प्रतियोगितालाई खेल महोत्सवको रूपमा स्थापना गर्ने लक्ष्य लिएको छ। आगामी वर्षहरूमा प्रतियोगिता अझ व्यवस्थित, भव्य र प्रतिस्पर्धात्मक बनाउने प्रतिबद्धता पनि गाउँपालिकाले व्यक्त गरेको छ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।