नेकपा (माओवादी केन्द्र) चन्द्रकोट गाउँपालिकाको बैठक, प्रशिक्षण तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न
गुल्मी, महेश बोहरा बैशाख १९ – नेकपा (माओवादी केन्द्र) चन्द्रकोट गाउँपालिका गुल्मी कमिटीद्वारा आयोजित बैठक, राजनीतिक प्रशिक्षण तथा भित्तेपात्रो विमोचन कार्यक्रम आज एक विशेष समारोहबीच सम्पन्न भएको छ। कार्यक्रमले पार्टीको संगठनात्मक सुदृढीकरण, आगामी योजनाहरू र जनतामाझ सन्देश प्रवाह गर्ने उद्देश्य बोकेको थियो।
कार्यक्रमका प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश अध्यक्ष तथा पूर्व मन्त्री सुदर्शन बराल रहनुभएको थियो। उहाँले प्रशिक्षण सत्रमार्फत संगठनको वर्तमान अवस्था, राजनीतिक परिस्थिति र भावी रणनीतिबारे प्रकाश पार्नुभएको थियो।
विशेष अतिथि केन्द्रिय सदस्य तथा पूर्व संविधानसभा सदस्य शिर्जना तरामु हुनुहुन्थ्यो। उहाँले पार्टीभित्रको सांगठनिक अनुशासन, नेतृत्व विकास र कार्यकर्ता भूमिकाबारे धारणा व्यक्त गर्नुभएको थियो।
कार्यक्रमको अध्यक्षता पालिका कमिटी अध्यक्ष गोकर्णराज शर्माले गर्नुभएको थियो भने सञ्चालन पालिका कमिटी सचिव लक्ष्मण अर्यालले गर्नुभएको थियो।
बैठकमा पालिका कमिटीका सम्पूर्ण पदाधिकारीहरू, वडा कमिटी अध्यक्षहरू, सचिवहरू तथा स्थानिय कार्यकर्ताहरूको उत्साहजनक उपस्थिति रहेको थियो। कार्यक्रममा २०८२ सालको भित्तेपात्रोको औपचारिक विमोचन समेत गरिएको थियो, जसमा पार्टीका सन्देश, नेताहरूका भनाइ र संगठनका उपलब्धिहरू समेटिएको छ।
कार्यक्रमले कार्यकर्ता बीच ऐक्यबद्धता, सांगठनिक स्पष्टता र भविष्यको दिशानिर्देशन तय गर्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूको भनाइ थियो।