गुल्मेली गायक प्रकाश गौतमको ‘बर्बाद हुनलाई’ गित सार्वजनिक
गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका–८, तुराङ दाङसिङमा जन्मिएका प्रकाश गौतम बाल्यकालदेखि नै गीत–संगीतमा रुचि राख्थे। उनले औपचारिक रूपमा भने २०७२ सालबाट नेपाली संगीत यात्रा सुरु गरेका हुन्।
महेश बोहरा, गुल्मी, बैशाख २६ — नेपाली सांगीतिक क्षेत्रका प्रतिभावान् गायक प्रकाश गौतमले नयाँ गीत ‘बर्बाद हुनलाई’ सार्वजनिक गरेका छन्। प्रकाश गौतम अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतमा गायक स्वयं प्रकाश गौतम र मोडल अमृता पुन मगरको सशक्त अभिनय देख्न सकिन्छ।
गीतका शब्द र स्वर गायक गौतमकै हुन् भने संगीतकार सूर्य कुमार परियारले संगीत भरेका छन्। दीपक सुनारको कथा तथा निर्देशनमा तयार पारिएको म्युजिक भिडियोको छायांकन विजय लामाले गरेका हुन्।
गायक प्रकाश गौतमको सांगीतिक यात्रा
गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका–८, तुराङ दाङसिङमा जन्मिएका प्रकाश गौतम बाल्यकालदेखि नै गीत–संगीतमा रुचि राख्थे। उनले औपचारिक रूपमा भने २०७२ सालबाट नेपाली संगीत यात्रा सुरु गरेका हुन्।
उनको पहिलो गीत ‘सम्झना मनैमा’ मा काजल जोशी र सबिना बुढामगरले स्वर दिएका थिए। त्यसयता उनले ‘पात बजाउँदै’ र ‘सुन त ओइ सानी’ जस्ता गीत तयार पारेका छन्, जुन छिट्टै सार्वजनिक हुने जानकारी उनले दिएका छन्।
गौतमले चन्द्रकोटस्थित ज्ञानोदय माध्यमिक विद्यालयबाट माध्यमिक तहको अध्ययन पूरा गरेका हुन्। हाल उनी काठमाडौंमा बसोबास गर्दै गीत लेखन, गायन, संगीत संयोजन तथा अभिनयमा सक्रिय छन्। आफ्नो सांगीतिक यात्रा उनले म्यादी दोहोरी साँझबाट सुरु गरेका थिए।
‘बर्बाद हुनलाई’ गीतमार्फत प्रकाश गौतमले फेरि एकपटक दर्शक तथा श्रोताको मन जित्ने अपेक्षा गरिएको छ।
भिडियो हेर्नुहोस्: